Comments Add Comment

हिरोले भित्रायो आकर्षक डिजाइनको ड्यास स्कुटर

hero dash_1

काठमाडौं । नेपाली स्कुटर बजारमा नयाँ मोडल थपिएको छ । भारतीय मोटरसाइकल ब्रान्ड हिरोले आकर्षक डिजाइनको ड्यास स्कुटर भित्राएको हो ।

हिरोको नेपाली बिक्रेता नेपाल जनरल मार्केटिङ कम्पनीले बिहीबार राजधानीमा एक कार्यक्रमबीच नयाँ स्कुटर सार्वजनिक गर्‍यो । मोडर्न ग्राफिक्स र लुक्ससहित भित्रिएको ड्यासले स्कुटरका पारखीहरु आकषिर्त गर्ने विश्वास कम्पनीको छ ।

ड्यास स्कुटर एलएक्स र भीएक्स गरी दुईवटा भेरियन्टमा उपलब्ध छ । एलएस एउटै कलर भएको मोडल हो भने भीएक्स मिक्स कलर भएको मोडल हो । नेपालमा एलएक्सको मूल्य १ लाख ६७ हजार ५ सय रुपैयाँ र भीएक्सको १ लाख ७१ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

hero dash_2

 

‘ग्राहकको चाहाना र रोजाई अनुसारको स्कुटर बजारमा ल्याएका छौं’ ज्योति समुहका उपाध्यक्ष रुप ज्योतिले भने- ‘यसमा डिजाइनदेखि ग्राहकलाई आवश्यक पर्ने धेरै सुविधाहरु रहेका छन् ।’

ड्यासमा ११० सीसीको पेट्रोल इञ्जिन जडान गरिएको छ । पावर भएको स्कुटर खोज्ने ग्राहकलाई ड्यास उपयुक्त मोडल हुनेछ । हेर्दै स्टाइलिस र स्पोर्टी देखिने ड्यास आकर्षक प्राविधिक विशेषताले भरिपूर्ण रहेको छ ।

चालकलाई विलासिताको अनुभव गराउन यसमा इन्टिग्रेटेड ब्रेकिङ सिष्टम, टेलिस्कोपिक फ्रन्ट सस्पेन्सन, ट्युबलेस टायरजस्ता सुविधाहरु रहेका छन् ।

भिडियो हेर्नुहोस्

स्कुटरमा तेल राख्ने ठाउँ बाहिर नै रहेको हुँदा झरेर डिक्की खोलिरहनुपर्ने झण्झट हुने छैन । मोबाइल चार्जर, सर्भिसिङ गर्न सम्झाउने इन्डिकेटर, डिक्कीमा बत्ती, चोरी हुनबाट रोक्ने एन्टी थेप्ट इमोबिलाइजर, मर्मत गर्न नपर्ने ब्याट्री लगायतका सुविधा यसमा रहेका छन् ।

उपाध्यक्ष ज्योतिले ड्यास स्कुटर फ्युल किफायती रहेको बताए । उनका अनुसार यो स्कुटरले प्रतिलिटर ६० किलोमिटर माइलेज दिने छ । तर, हिरो मोटोकोर्पले भने ६६ किलोमिटरसम्म माइलेज दिने दाबी गरेको छ ।

hiro-2

ड्यासले नेपाली स्कुटर बजारमा दरिलो उपस्थिती देखाउने कम्पनीको विश्वास छ । अहिले नेपालमा हुँइकिने दुई पांग्रे सवारीमध्ये करिव २३ प्रतिशत स्कुटर रहेको बताइन्छ ।

लामो समयदेखि नयाँ स्कुटर ल्याउन नसक्दा स्कुटर बजारमा पछाडि पर्दै आएको हिरो ड्यासको प्रवेशसँगै अगाडि आउने विश्वास गरिएको छ । कम्पनीले ड्यास स्कुटर महिनाको हजार थान बिक्री गर्ने लक्ष्य राखेको छ ।

यस्तो छ ड्यास स्कुटर

Hero_Dashi (1)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment