Comments Add Comment

अब फेसबुकले भुपु मायालुको याद भुलाउनेछ

Facebook

मानौँ लामो समयदेखिको प्रेम सम्बन्धलाई लत्याएर तपाइँको प्रेमिका हालै तपाइँबाट छुटि्टएकी छिन् । अनि तपाइँ खानु न पिनु भएर, चिन्तित भएर घरभित्रै बसिरहनुभएको छ । मन बहलाउन यसो फेसबुक खोल्नुभयो । तब झ्वाट्ट तपाइँको भुपु मायालुले अपलोड गरेका नयाँ, रंगीविरंगी तथा खुसियालीपूर्ण तस्वीर देख्नुभयो भने तपाइँको मन अझै कति अधीर होला ? काटेको घाउमा नुनचुक छर्नु भनेको सायद यहीँ नै हो ।

तर अब फेसबुकले घाउमा नुनचुक छर्ने त्यस्ता बैगुनीको यादलाई मेटाइदिने प्रयत्न गर्दैछ । फेसबुकले एउटा यस्तो नयाँ फिचरको परिक्षण गर्दैछ जसले तपाइँको पीडा कम गर्न सहयोग गर्नेछ र यसो गर्दा तपाइँले आफ्नो भुपुलाई फेसबुकमा अनफ्रेण्ड गर्न वा आफ्ना पूराना पोष्टहरु डिलिट गर्नु पर्नेछैन ।

टेक अ ब्रेक नामक उक्त फिचर तपाइँले आफ्नो रिलेसनसीप स्टाटस चेन्ज गरेर ब्रेकअप बनाएसँगै पप अप हुनेछ । त्यसपछि तपाइँले आफ्नो भुपुका विषयमा के कति कुरा देख्न सकने वा आफ्ना कति कुरा उसले हेर्न सक्ने भन्ने कुरा छनोट गर्न सक्नुहुनेछ ।

जब तपाइँले सी लेस नामक अप्सन छनोट गर्नुहुन्छ तब तपाइँले आफ्नो भुपुका स्टाटस अपडेटहरु आफ्नो न्युजफिडमा देख्नुहुनेछैन र आफुले फोटोहरु अपलोड गर्दा समेत उसलाई वा उनलाई ट्याग गर्ने रिमाइन्डर समेत आउनेछैन ।

साथै तपाइँले आफ्ना अपडेटहरु पनि लुकाउन सक्नुहुन्छ । त्यसो गरेसँगै तपाइँको भुपुले केवल उसलाई वा उनलाई ट्याग गरेका चिजहरु मात्र देख्न सक्नेछन् ।

उक्त फिचरमा रहेको इडिट अप्सनमा गएर तपाइँले आफ्ना पूराना पोष्टमा गएर भुतपूर्वलाई ब्लक गर्न सक्नुहुन्छ र विगतका रोमान्टिक सेल्फीबाट आफुलाई अनट्याग गर्न सक्नुहुन्छ । यसो गर्नुभयो भने फेसबुकको मेमोरी फिचर्सबाट देखापर्ने भुपु मायालुसँगका क्षणले तपाइँलाई झस्काउन पाउने छैन ।

पहिलेको जमानामा धोका दिने मायालुको याद मेटाउनका लागि कागजका पत्र तथा तस्वीरहरु जलाउनु पथ्र्यो । तर डिजिटल जमानामा त्यसरी जलाउनु सम्भव छैन । अझ इन्टरनेटको यो दुनियामा ती यादहरुलाई कसरी रोक्ने ? अझै गाह्रो बन्दै गैरहेको छ । त्यसैले हेाला दुनियाको सबैभन्दा ठूलो सोसल साइट फेसबुकले आफ्ना प्रयोगकर्ताको विछोडको पीडा कम गर्न यस्तो फिचर ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment