Comments Add Comment

तरार्इवासीले उठाएको माग पूरा हुन सक्दैन, संघीयता काम छैनः कोमल वली

komal-oli-in-jagaran-aviyan
नयाँ संविधानामा संघियता समावेश भएपछि अहिले समर्थन र विरोधका स्वर देशैभरी देखिएका छन् । विशेषगरि, मधेसमा यसैलाई लिएर आन्दोलन भएको पनि ३ महिना कटिसक्यो । संघियता संविधानमा उल्लेख भएपनि अब यसलाई कसरी कार्यन्वयन गर्ने भन्ने अझै टुंगो लागेको छैन ।

अब संघियता भन्दा सिंगो नेपाल नै आजको आवश्यकता र समस्याको समाधान हो भन्ने आवाज पनि उठ्न थालेको छ । यही क्रममा चर्चित लोक गायिका तथा कलाकार कोमल वलीले नेपाल संघियतामा जान नहुने बताएकी छिन् ।

अनलाइनखबरसँग कुरा गर्दै उनले भनिन्-‘अब एउटै नेपाल चाहिएको छ । कुनै पनि हालतमा नेपाल संघियतामा जानु हुँदैन ।’ उनले संघियता असफल हुनुको कारण उल्लेख गर्दै भनिन्-‘तराइवासीले उठाएको माग पुरा गर्न संभव छैन । किनकी, पूर्वका केही जिल्लाका स्थानिय बासिन्दाले, हामी टुक्रिदैनौ भनेर आवाज उठाउन सुरु गरिसकेका छन् ।’

यसैले सिंगो नेपाल नै आजको आश्यकता भएको कोमलको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment