Comments Add Comment

वन मन्त्रीसँग विवाद बढेपछि चुरेका अध्यक्ष खनालले राजिनामा दिए

फाइल तस्वीर
फाइल तस्वीर

१० मंसिर, काठमाडौं । बनमन्त्री अग्नि सापकोटासँग बिवाद बढेपछि राष्ट्रपति चुरे तराई मधेस संरक्षण समितिका अध्यक्ष रामेश्वर खनालले राजीनामा दिएका छन् ।

खनालले बिहीबार राजिनामा दिउसो राजिनामा बुझाएका  हुन् ।

कार्यक्रमको निम्तो बुझाउन बुधबार वन मन्त्रालय पुगेका अध्यक्ष खनालसँग मन्त्री सापकोटाले आफूलाई असहयोग गरेको भन्दै कडि्कएका थिए ।

मन्त्रीको सचिवालयका अनुसार खनालसँग भेट गर्नै मानिरहेका थिएनन् ।

तर, जम्काभेट भएपछि मन्त्री सापकोटा र खनालबीच २९ मिनेट कुरा भएको थियो ।  बनमन्त्रीले आफूलाई नसोधी कार्यक्रम गर्न लागेको भन्दै खनालसँग आक्रोश व्यक्त गरेका थिए ।

तर, खनालले भने वाषिर्क योजना अन्तर्गतको कार्यक्रमको निम्ता लिएर मन्त्री भेट्न पुगेका हुन् । संरक्षण समितिले यही मंसिर १५ गते चुरे क्षेत्रमा सभासदसँग अन्तक्रिर्या गर्ने कार्यक्रम थियो । यस्ता कार्यक्रम गर्न मन्त्रीको अग्रिम स्वीकृति लिइरहनु पर्दैन ।

सरकारले सुशील कोइरालाको सरकाराले २०७१ असार २ गते झापादेखि डँडेल्धुरासम्मको क्षेत्रलाई चुरे संरक्षण क्षेत्र घोषणा गर्दै संरक्षण समिति गठन गर्दै खनाललाई अध्यक्ष नियुक्ति गरेको थियो ।

तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीसँग विवाद चुलिएपछि खनालले २०६७ सालमा अर्थसचिवबाट राजिनामा दिएका थिए । पार्टी छोडेका डा. बाबुराम भट्टरार्इसँग पहिलेदेखि नै खनालको व्यक्त्तिगत सम्बन्ध राम्रो भएकाले प्रचन्ड पक्षधरका बनमन्त्री सापकोटाले अाक्रोस पोखेको हुनसक्ने बताइएको छ ।

त्यसो त अर्थसचिबबाट राजिनामा दिएका खनाल कांग्रेसमा पार्टीमा प्रवेस गररेका थिए । खुल्ला बिचार भएका खनाल चाकडी गरेर वा अपमानित भएर पदमा बस्नुभन्दा पद त्याग गर्न रूचाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment