Comments Add Comment

बजारमा फलफूलको अभाव छैन : व्यवसायी

frut१० मंसिर, काठमाडौं । भारतीय नाकाबन्दी पछि बजारमा अत्यावश्यकीय बस्तुहरुको अभाव चर्किएको समयमा फलफूलको आपूर्ति भने समान्य छ ।

भारतीय भन्सारले आफ्ना कुहिने वस्तुहरुलाई प्राथमिकताका साथ पास गरेको र नेपाली उत्पादनहरु पनि बजारमा आइरहेकोले फलफूलको आपूर्ति समान्य रहेको नेपाल तरकारी तथा फलफूल व्यवसायी संघका महासचिव रुद्रबहादुर पाठकले बताए ।

फलफूलको माग पनि अन्य समय भन्दा घटेको कारण अभावको अवस्था नआएको पाठकले बताए । ‘अहिले नेपालमा उत्पादन भएका केरा, स्याउ सुन्तला लगायतका फलफूल बजारमा छन् । माग पनि पहिले जस्तो छैन’ महासचिव पाठकले भने-‘भारतबाट पनि फफूल आइरहेको छ । त्यसैले अभावकै अवस्था छैन ।’
अहिले भैरहवा र विभिन्न छोटी भन्सारहरुबाट फलफूल नेपाल आइरहेको पाठकले बताए । फलफूल बजारमा ल्ाउन भने अहिले ढुवानीको समस्या परेको व्यवसायी बताउँछन् । इन्धन अभाव र असुरक्षाका कारण गाडीहरु तराई क्षेत्रमा जान मान्दैनन् ।

त्यसैकारण तराईमा उत्पादन भएका केरा काठमाडौं लगायत मुख्य शहरमा पुर्‍याउन व्यवसायीलाईए समस्या भएको छ । ‘लगभग तराई जान भनेपछि गाडीहरु तयार हुँदैनन् । फेरि इन्धन अभावले गाडी भाडा पनि दोहोर बढेको छ । त्यसैकारण ढुवानीमा भने समस्या भएको हो’ पाठकले भने ।

अहिले सुनसरीबाट केरा लोड गरेर काठमाडौं आउने एउटा ट्रकले १ लाख १० हजार रुपैयाँसम्म लिने गरेका छन् । यसअघि काठमाडौं ल्याउन एक खेपको ४८ हजार रुपैयाँ लिने गरेका थिए ।

यसैगरी चीतवनबाट फफूल ल्याउने बुलेरोले एक खेपको ७५ सय रुपैयाँ लिने गरेकोमा ब्ल्याकको तेलमा चलेको भन्दै १९ हजार रुपैयाँसम्म लिन थालेका छन् ।
त्यसैकारण लागत बढेर फलफूलको मूल्य सामन्य माथि गएको महासचिव पाठकले बताए । तर, फलफूलमा अभावकै कारण देखाएर कालोबजारी हुने अवस्था नरहेको व्यवसायीको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment