Comments Add Comment

प्रेममा आर्यन र नम्रता, ‘बाहिरियो ‘क्लासिक’ फस्टलुक

classic-first-look
नेपाली चलचित्रमा सयौ कलाकरको जन्म हुन्छ । तर, सबै कलाकार सफल हुन्छन् भन्ने छैन । अझ, कलाकारको जोडी सफल हुन त धेरै नै गाह्रो हुन्छ । दसकमा केही जोडी मात्र निस्कन्छन्, जो सफल हुन्छन् ।
यस्तै, सफल जोडीको रुपमा चिनिएका छन्, नायक आर्यन सिग्देल र नायिका नम्रता श्रेष्ठ ।

गतबर्षको सफल चलचित्र ‘नोभेम्बर रेन’ पछि यो जोडीको माग पर्दामा ह्वात्तै बढेको छ । चलचित्रको सफलताले दुई कलाकारलाई मात्र सफल बनाएन, यसको निर्माण कम्पनी र अन्य युनिटलाई पनि सफलताको स्वाद चखाइदियो ।

सुवास इन्टरटेन्मेन्ट र आर्यन सिग्देल इन्टरटेन्मेन्टको व्यानरले ‘नोभेम्बर रेन’को सफलतापछि नयाँ चलचित्र ‘क्लासिक’ निर्माण गरेको छ । एकसाथ काम गरेर सफल बनेका यी दुई ब्यानरले  निर्माण गरेको ‘क्लासिक’को कुनै पनि तस्बिर हालसम्म बाहिरिएको छैन । classic-first-look-2
माघ २९ गते नेपालभर प्रदर्शनमा आउने तयारीका साथ धमाधम यो चलचित्रको काम भैरहेको छ । दर्शकको कौतुहलतालाई हेर्दै चलचित्रको निर्माण यूनिटले यसको फस्ट लुक सार्वजनिक गरेको छ ।

दिनेश राउतको निर्देशनमा तयार भएको यो चलचित्रको छायांकन केही दिन बाँकी छ । निर्माता सुवास गिरीले चलचित्रको पोष्ट प्रोडक्शनको कामसँगै प्रचारलाई पनि सुरुवात गरिएको बताए । उनले भने-‘हामीले अहिलेसम्म कुनै पनि तस्बिर सार्वजनिक नगरेर चलचित्रलाई दर्शकमा उत्सुकतामा राखेका छौ । फस्ट लुकबाट चलचित्रको बारेमा दर्शकले केही जानकारी पाउनुहुनेछ ।’

चलचित्रमा राजेश श्रेष्ठको छायांकन, ताराप्रकाश लिम्बुको संगीत, सुरेन्द्र पौडेलको सम्पादन, हिमाल केसीको द्धन्द्ध, रेनशा वान्तवा राइको कोरियोग्राफी, छेतन गुरुङको लेखन छ । सांगीतिक लभस्टोरी यो चलचित्रमा आर्यन सिग्देल र नम्रता श्रेष्ठले आँखा देख्न नसक्ने पात्रको भूमिका निर्वाहा गरेका छन् । उनीहरुलाई सुशिल काफ्ले, प्रज्वल गिरी, रोमी घिमिरे लगायतले साथ दिएका छन् ।

सार्वजनिक फस्टलुकले चलचित्र भित्रका विभिन्न बिषयलाई चित्रित गरेको छ । चलचित्र सांगीतक लभस्टोरीको साथमा यसमा गाँसिएका हाँसो, मित्रता, प्रेम, वियोगका कुरालाई फस्ट लुकले प्रतिविम्बित गरेको छ ।

‘प्रेम दिवसको अवसर पारेर दर्शकलाई सांगीतिक लभस्टोरी चलचित्र पस्कने तयारी गरेका छौ । नम्रता र मेरो जोडीलाई दर्शकले फेरि पनि रुचाउनुहुनेछ भन्ने विश्वास छ । हामीले त्यस अनुसारको काम पनि गरेका छौ, नायक आर्यन सिग्देलले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment