Comments Add Comment

सरकारले गर्‍यो ५ सहसचिवको सरुवा

Office of he Prime Minister of Nepal 1१० मंसिर, काठमाडौं । सरकारलेे ५ सहसचिवहरुको सरुवा गरेको छ । विहीबार बसेको मन्त्रिपरिषद बैठकले सहसचिवहरुको सरुवा गरेको हो ।

सहसचिव चक्रबहादुर बुढालाई राष्ट्रपति कार्यालयबाट गृह मन्त्रालयमा सरुवा गरिएको छ । रामकृष्ण सुवेदीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट गृह मन्त्रालयमा ल्याइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा रहेका ऋषिराज शर्मालाई पनि गृह मन्त्रालयमा सरुवा गर्ने निर्णय मन्त्रिपरिषद बैठकले गरेको छ ।

कमलप्रसाद भट्टराईलाई पर्यटन मन्त्रालयबाट सामान्य प्रशासन मन्त्रालयमा र सामान्य प्रशासन मन्त्रालयका डन्डुराज घिमिरेलाई पर्यटन मन्त्रालयमा सरुवा गरिएको छ ।

यो पनि पढ्नुस्

सरकारले भूकम्प अतिप्रभावित जिल्लामा ५० आवास बनाउने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment