Comments Add Comment

२०१५ मा इतिहामै धेरै गर्मी : डब्लुएमओ

१० मंसिर, काठमाडौं । नेपालमा जाडो सिजन भर्खर सुरु भएका बेला एउटा अन्तर्राष्ट्रिय संस्थाले गर्मीका बारेमा अत्याउने खालको तथ्य सार्वजनिक गरेको छ । विश्व मौसम विज्ञान संगठन (डब्लुएमओ) का अनुसार वर्ष २०१५ मा इतिहासकै सबैभन्दा गर्मी रेकर्ड गरियो ।

WMOउक्त संयुक्त राष्ट्रसंघीय संगठनले बुधबार निकालेको रिपोर्ट अनुसार २०१५ मा विश्वव्यापी तापक्रम औसत ६ डिग्री सेल्सियसले बढ्ने अनुमान छ । २०१६ को स्थिति पनि सुखद हुने छैन । ‘२०१६ मा त्योभन्दा पनि बेसी गर्मी हुन सक्छ,’ रिपोर्टमा भनिएको छ ।

डब्लुएमओका महानिर्देशक मिचेल जारौदले सम्भावित तापक्रम वृद्धिलाई दुई डिग्री सेल्सियसमा झार्न अझै पनि सम्भव रहेको बताएका छन् । आउँदो सोमबारबाट पेरिसमा सुरु हुने विश्वव्यापी जलवायू सम्मेलनले यसका लागि कदम चाल्नुपर्ने उनको भनाई छ ।

सार्वजनिक गाडी चढ्न सुझाव

‘यदी हामीले कदम चाल्न ढिलाई गर्‍यौं भने झन् झन् कठिन हुँदै जान्छ,’ एक समाचार सम्मेलनमा उनले भने । उनी अगाडी भन्छन्, ‘पेरिस सम्मेलनले गर्ने निर्णयमा धेरै कुराहरु निर्भर हुनेछन् ।’

जलवायू परिवर्तनको सामना गर्न कुनै जादूको छडी नभएको जारौदले बताएका छन् । यसका लागि नागरिकहरु पनि जागरुक हुनुपर्ने उनको भनाई छ । ग्यास उत्सर्जन कम गर्न ‘जनताले अब कारको साटो सार्वजनिक सवारीसाधन चढ्नुपर्छ,’ उनले भने ।

विज्ञानले गर्ने भविष्यवाणी धेरैपटक गलत सावित भएको भनेर हुने गरेको आलोचनाका सन्दर्भमा उनले भने, ‘विश्वास गर्ने वा नगर्ने कुरा आफ्नो ठाउँमा छ । तर हामी तथ्यमा टेकेर बोलिरहेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment