Comments Add Comment

पेट्रोलिमेक्सले शुक्रबार पनि हवाइ इन्धन ल्याउन सकेन

Ethiopian-air

११ मंसिर, काठमाडौं । पेट्रोलिमेक्सले ल्याउने भनेको हवाइ इन्धन आज शुक्रबार नआउने भएको छ ।

यसअघि आजदेखि हवाइ इन्धन ल्याउनेे भनेर प्रचार गरेको कम्पनीले शुक्रबार तेल ल्याउन नसक्ने जनाएको नेपाल आयल निगमले जनाएको छ ।

कम्पनीले सोमबार मात्रै इन्धन ल्याउने भनेर जानकारी गराएको निगमका प्रवक्ता मुकुन्द घिमिरेले बताए । पेट्रोलिमेक्सको प्रतिवद्धताअनुसार हवाइ इन्धनको पहिलो खेप बिहान १० बजे काठमाडौं आइपुग्नुपर्ने थियो ।

कम्पनीले इथेयोपियन एयरलाइन्सको बिमान भाडामा लिएर हवाइ इन्धन ल्याउन लागेको हो । अमेरिकामा अहिले सार्वजनिक विदा चलिरहेका कारण बिमानको भाडा पठाउन नसकेकाले सोमबारबाट मात्रै तेल ल्याउने जानकारी कम्पनीले आयल निगमलाई दिएको हवाइ इन्धन डिपो प्रमुख प्रदीपकुमार यादवले बताए ।

पेट्रोलिमेक्सले भारतको कोलकत्ताबाट हवाइ इन्धन ल्याउन लागेको आयल निगमले जनाएको छ । तर, कम्पनीले विभिन्न बाहना बनाएर हवाइ इन्धन ल्याउन आलटाल गरिरहेको छ ।

आयल निगमले पेट्रोलिमेक्सलाई हवाइ इन्धन आपूर्ति गर्ने ठेक्का दसैंअघि नै दिएको थियो । ठेक्का पाएको लामो समय भइसक्दा पनि कम्पनीले तेल नल्याएको भन्दै आलोचना भएको छ ।

आयल निगमका कार्यकारी निर्देशकले प्रक्रिया मिचेर कार्यसम्पादन धरौटीसमेत नराखी पेट्रोलिमेक्सलाई हवाइ इन्धनको ठेक्का दिएका थिए । पेट्रोलिमेक्सले दैनिक तीन उडानमार्फत चार लाख लिटर इन्धन ल्याउन लागेको डिपो प्रमुख यादवले बताए ।

एक खेपमा इथेयोपियन बिमानले एक लाख ३० हजार लिटर लिटर इन्धन ल्याउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment