Comments Add Comment

नागपुर टेष्टमा भारत १२४ रनले विजयी, दक्षिण अफ्रिकाले सिरिज गुमायो

India-v-South-Africa

११ मंसिर, काठमाडौं । दक्षिण अफ्रिकाविरुद्धको नागपुर टेष्टमा भारत १२४ रनले विजयी भएको छ । यससँगै उसले चार टेष्ट म्याचको सिरिज २-० ले आफ्नो पक्षमा पारेको छ ।

भारतले ११ वर्षपछि दक्षिण अफ्रिकाविरुद्ध टेष्ट सिरिज जितेको हो । यसअघि २००४ मा टेष्ट सिरिज जितेको थियो ।

तेस्रो टेष्टमा पाहुना टोली दक्षिण अफ्रिकाले जितका लागि ३१० रनको लक्ष्य पाएको थियो । २ विकेटको क्षतिमा बनाएको ३२ रनबाट तेस्रो दिनको खेल थालेको अफि्रका १८५ रनमा अलआउट भयो ।

उसका लागि एबी डिभिलियर्स र फाप डुप्लेसिसले समान ३९-३९ रन बनाए भने अन्य ब्याट्सम्यान चल्न सकेनन् । भारतका आर अश्विनले ७ विकेट लिए भने अमित मिश्राले ३ विकेट हात पारे । पहिलो पारीमा ५ विकेट लिएका अश्विनले कुल १२ विकेट हात पारे ।

भारतले टस जितेर ब्याटिङ रोजेको थियो । तर, मात्र २१५ रनमा अलआउट भएको थियो । दोस्रो दिन दक्षिण अफ्रिकालाई ७९ रनमा अलआउट गरेको घरेलु टोली इनिङमा १७३ रनमा समेटिएको थियो ।

पहिलो टेष्ट भारतले जितेको थियो भने वर्षाले प्रभावित दोस्रो टेष्ट ड्र भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment