Comments Add Comment

एनआरएनले दिएको औषधि काठमाण्डौका अस्पतालले निःशुल्क वितरण गर्दै

NRNa
एनअारएन अध्यक्ष शेष घले स्वास्थ्यमन्त्री रामजनम चौधरीलाई औषधि हस्तान्तरण गर्दै । फाइल तस्वीर ।

१२, मंसिर, काठमाण्डौ । गैरआवासीय नेपाली संघले दिएका अत्याबश्यक औषधि काठमाण्डौका सरकारी अस्पतालहरुले बिरामीलाई निशुल्क वितरण गर्ने भएका छन् ।

शुक्रबार बिहान बसेको काठमाण्डौका सरकारी अस्पतालका निर्देशहरुको वैठकले एनआरएनले दिएका औषधि बितरण गर्दा कुनै पनि शुल्क नलिने निर्णय गरेको हो ।

त्रिभुवन बिश्वबिद्यालय शिक्षण अस्पतालका प्रवक्ता चन्द्रमणि भण्डारीले भने- ‘एनआरएनले दिएको औषधि बिरामीलाई निशुल्क वितरण गर्न र कुनै पनि शुल्क नलिन सवै सरकारी अस्पताल सहमत भएका छन् ।’

गैरआवासीय नेपाली संघले पहिलो चरणमा हालै ३८ लाख रुपैयाँ बराबरको औषधि सरकारलाई हस्तान्तरण गरेको थियो । सो औषधिले काठमाण्डौका मुख्य अस्पतालका ओपीडी, सर्जरी, आईसीयु तथा सीसीयु युनिट संचालनका लागि सहयोग पुग्ने छ ।

एनआरएनले दिएको औषधि नबेची निशुल्क दिने निर्णयपछि काठमाण्डौका ९ वटा सरकारी अस्पतलामा बिरामीलेले निशुल्क औषधि पाउनेछन् । जसमा बीर अस्पताल, शिक्षण अस्पताल, सहिद गंगालाल हृदय रोग केन्द्र, सिभिल अस्पताल, पाटन अस्पताल, वीपी कोइराला लायन्स सेन्टर र प्रसुती गृहले एनआरएनले दिएका औषधी बाँडेर लिएका छन् ।

गैरआवासीय नेपाली संघले तत्कालका लागि एक महिनाका लागि पुग्ने अत्याबश्यक औषधि दिने तयारी थालेको छ । खरिद गरिएका औषधि नेपाल नआइपुगेका कारण एनआरएनले पहिलो चरणमा ३८ लाखको औषधि दिएको थियो । केही दिनमै अर्को चरणको औषधि दिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment