Comments Add Comment

कविताः सरकार

milan-kanchha-kiratiमिलनकान्छा किराती

कुन रङको समयले सेकेर
सुक्दै गरेको पहेंलो अनुहार
चाउरिएको चेतनाले
के चलाइरहेछौ सेक्सी सरकार ?

तिम्रा उखान-टुक्काको टाङ फाटेर
ग्यास चुहियो
र,
सिलिन्डर आधा भो ।
तिमीले घिस्याइरहेको आधा जुनीजस्तै !

खबरदार !
धेरै अभावको कामुकता नदेखाउ !
हठात् बलत्कार हुनुपर्ला !
सडक किनारका इँटा-ढुंगाहरू
तिम्रो निधारमा किस गर्न
आफैं उक्लन बल गरिरहेछन !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment