Comments Add Comment

राजेन्द्र महतो राजा फर्काउने खेलमा लागेको उपेन्द्रका सहयोगीको आरोप

ramendra mahato and upendra yadav२४ माघ, काठमाडौं । स्थानीयबासी र भारतीय व्यापारीको बलमा वीरगञ्ज नाका खुलेपछि मधेसी मोर्चामा उपेन्द्र यादव र राजेन्द्र महतोको टकराव सतहमै आएको छ । मधेसी मोर्चाका शीर्ष नेताहरुको बैठक समेत बस्न सकेको छैन भने नेताहरु वक्तव्यबाजीमा लागेका छन् ।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवका निकटवर्तीहरुले सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई आन्दोलन तुहाएको आरोप लगाएका छन् । र, ज्ञानेन्द्र साह र केपी ओलीसँग मिलेर राजा फर्काउने खेलमा लागेको आरोप छ ।

उसो त मधेसी मोर्चामा उपेन्द्र र राजेन्द्रको टकराव नयाँ होइन । चीनको झण्डा जलाएको प्रकरणमा पनि मधेसी मोर्चामा उपेन्द्र र राजेन्द्र नै आमने सामने भएका थिए । मोर्चा निटकवर्तीहरुका अनुसार दुई नेता दुई नम्बर प्रदेशमा आफ्नो वर्चश्व कायम गर्ने दाउमा लागेका छन् । र, आफूलाई फरक देखाउनै भए पनि चर्का कुरा गर्छन् । जसले तीन दल र मधेसी मोर्चाबीच भएको सहमति प्रयासलाई असफल बनाउन समेत भूमिका खेल्यो भने त्यही कटरवले वीरगञ्ज नाका पनि खुल्यो ।

वीरगञ्जबारे किन बोले राजेन्द्र ?

प्रदेश नम्बर २ मधेसी समुदायको बाहुल्य प्रदेश हो र यो प्रदेशमा दुई शक्ति केन्द्रका रुपमा जनकपुर र वीरगञ्ज छ । जनकपुरमा महतोको पार्टीका संजय साह थिए । जनकपुर बम काण्डका अभिुयक्त उनी जेलमा छन् । अहिले तमलोपाले त्यहाँ आफ्नो पकड जमाउन खोजेको छ र उसका उपाध्यक्ष वृषेशचन्द्र लाल त्यही छन् ।

अर्को केन्द्र वीरगञ्ज हो । जहाँ उपेन्द्र यादव नेतृत्वको फोरम नेपाल हावी थियो । पछिल्लो आन्दोलनका क्रममा राजेन्द्र महतोले वीरगञ्ज नाकामा लगातार धर्ना दिए । यसको भित्री उद्देश्य आफ्नो प्रभाव बढाउनु पनि थियो ।

उसो त तमलोपाका महामन्त्री जितेन्द्र सोनल पनि बाराकै हुन् । तर, वीरगञ्जमा उपेन्द्र र राजेन्द्रकै टकराब देखियो । मधेस आन्दोलनका क्रममा अन्य नाका खुलेपनि वीरगञ्ज खुलेको थिएन । मधेसी मोर्चामा नाकाको धर्नाको आन्दोलन पुनरावलोकन गर्ने कुरा उठेपनि राजेन्द्र महतोको पार्टीले कहिल्यै मानेन । पछिल्लो पटक फोरमले एकलौटी रुपमा काठमाडौं केन्द्रीत आन्दोलन गर्ने घोषणा गर्‍यो ।

स्रोतहरुका अनुसार नाका खोल्न दबाव आएपछि उपेन्द्रसहितका मधेसी मोर्चाका नेताहरुले वीरगञ्ज नाका बन्द गराउने त राजेन्द्र महतो हुन् भनेर देखाए । जसका कारण उनी स्थानीय र व्यापारीको तारो बने । आफूले विस्तार गरेको प्रभाव नै सिध्याउन खोजेको चाल पाएपछि महतोले पनि फायर खोले, जसको परिणाम स्वरुप वीरगञ्ज नाका अपेक्षा गरिए भन्दा सहज रुपमा खुल्यो ।

मधेसी मोर्चासम्वद्ध स्रोतहरुका अनुसार नाका खुल्नुमा महतोको अभिव्यक्तिले ठूलो भूमिका खेलेको छ । अघिल्लो साता महतोले एक्कासी वीरगञ्ज नाका खोल्नुपर्छ भन्ने अभिव्यक्ति दिए । यही अभिव्यक्तिपछि वीरगञ्जका स्थानीय र रक्सौलका ब्यापारीले बल प्रयोग गरेर मधेसी मोर्चाका धर्नाकारीलाई हटाए र नाका खुल्यो ।

शुक्रबार वीरगञ्ज नाका खुलेपछि तमलोपाका महामन्त्री जितेन्द्र सोनल दृश्यमा देखिन खोजेका थिए । तर, मोर्चाभित्रको टकराव थाहा पाइसकेका कारण हिजो नाकाबन्दी गर्न सहयोग गर्ने रक्सौलका ब्यापारी नै प्रतिकारमा उत्रिए । सोनाल अब नाका बन्द गर्न सकिन्न भन्ने निष्कर्षसहित काठमाडौं आएका छन् ।

राजेन्द्र महतो, उपेन्द्र यादव पनि काठमाडौंमै छन् । तर, सम्वाद भएको छैन । मधेसी मोर्चाको बैठक १८ गते नै बस्ने भनिएपनि आज २४ गते हुँदासमेत बस्न सकेको छैन । अहिले बस्छ भन्ने पनि टुंगो छैन । अरु हिलो छ्यापा-छ्याप सुरु भएको छ ।

महतो राजा फर्काउने खेलमा लागे

वीरगञ्ज नाका खुलेपछि उपेन्द्रले त महतोबारे केही भनेका छैनन् । तर, उनका सहयोगीहरु महतोमाथि खनिएका छन् । यस्तै शैली महतोले चीनको झण्डा जलाएको प्रकरणमा मधेसी मोर्चामा भएको झगडा सहयोगीमार्फत सार्वजनिक गरेका थिए ।

उपेन्द्र यादवका प्रेस संयोजकले सामाजिक सञ्जालमार्फत महतोमाथि गम्भिर आरोप लगाएका छन् ।  महतो पहाड विरोधी, स्टन्टबाज र विवादास्पद नेता भएको र उनले मधेस आन्दोलन तुहाएको भन्दै उपेन्द्रका सहयोगी चौरसियाले लेखेका छन्, महतोले मधेसलाई फेरि धोेका दिए । किनभने महतो मधेसका लागि होइन, पूर्वराजा ज्ञानेन्द्र र केपी ओलीका लागि सक्रिय थिए, छन् ।’

mahesh-chaurasiya

पूर्व राजा ज्ञानेन्द्र, केपी ओली र कमल थापासँग मिलेर राजतन्त्र फर्काउने खेलमा लागेको उनको आरोप छ । अब मधेसी मोर्चालेे उनलाई तत्काल कारबाही गर्नु पर्ने उनले माग गरेका छन् । साथै महतोले अकूत सम्पत्ति कुम्ल्याएको तर, शक्ति केन्द्रकै कारण जेल जानबाट जोगिएको चौरसियाको दाबी छ ।

उनले अघि लेखेका छन्, मधेसी लगायत उत्पीडित जनतालाई अधिकार दिलाउन यादव र ठाकुर पर्याप्त छन्, उनीहरुले नआन्दोलन विगुल फुके हुन्छ ।’

उसो त पछिल्लो समय उपेन्द्र यादवले ओली सरकार ढाल्नु पर्ने आशयको अभिव्यक्ति दिँदा महतोका पार्टीका नेताहरुले उनीमाथि यस्तै आरोप लगाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment