Comments Add Comment

तनहुँको चुनपहरामा रकक्लाइम्बिङकाे मज्जा !

rock-climbing
२४ माघ, दमौली । तनहुँको बन्दीपुर–६ विमलनगरस्थित चुनपहरामा साहसिक रकक्लाइम्बिङ गर्न पर्यटकको ओइरो लाग्ने गरेको छ ।  पृथ्वी राजमार्ग छेउमै रहेको उक्त पहरो भूकम्पपछि पनि सुरक्षित रहेकाले रकक्लाइम्बिङ गर्न पर्यटकको ओइरो लाग्ने गरेको हो ।

अहिलेसम्म स्वदेशी एवम् विदेशी गरी ११ हजार बढी पर्यटकले चुनपहरामा रकक्लाइम्बिङ गरिसकेको विमलनगर सिद्ध गुफा विकास समितिका अध्यक्ष लालकुमार श्रेष्ठले बताए ।

सन् २००६ अक्टोबरदेखि रुट खोलिएको चुनपहरालाई रकक्लाइम्बिङका लागि गन्तव्यस्थल बनाउने तयारी भइरहेको जानकारी माउन्टेरिङ गाइड प्रेम गुरुङले दिए ।

हरेक वर्ष उक्त ठाउँमा रकक्लाइम्बिङ दिवस मनाउँदै आएको बताइएको छ । पदम घले, प्रेम गुरुङ, सुनार गुरुङ र श्री महर्जनले दुई वर्ष लगाएर चुनपहरामा रुट तयार गरेपछि पर्यटकको लर्को लाग्न थालेको हो ।

नेपाल माउन्टेन गाइड एसोसिएसनद्वारा आयोजित रक लेबल वान ट्रेनिङका सहभागीहरु यतिबेला चुनपहरामा अभ्यास गर्न व्यस्त छन् । तीनजना प्रशिक्षकले १० जना सहभागीलाई अभ्यास गराइरहेका छन् । व्यक्तिगत रुपमा अभ्यास गर्ने विदेशी पर्यटकको पनि लर्को लागेको छ ।

नेसनल माउन्टेन गाइड एसोसिएसनका अध्यक्ष पदम घलेले अभ्यासका क्रममा पहराहरुमा चढ्दा आफ्नो सुरक्षा कसरी गर्ने, पछाडि आउनेलाई कसरी ठाउँ दिने विषयमा प्रयोगात्मक रुपमै अभ्यास गराइएको बताए ।

त्यहाँ ३० देखि १०० मिटरसम्मका १५ वटा रुट तयार भइसकेको र बाँकी ४÷५ वटा नयाँ रुट खोलिने घलेले जानकारी दिए।  एक पटकमा ४० देखि ५० जनासम्मले रकक्लाइम्बिङ गर्न सक्ने छन् । स्विडेनकी नागरिक हानाले पनि चुनपहरामा रकक्लाइम्बिङ गर्दा निकै रमाइलो लागेको बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment