Comments Add Comment

केयरगिभरमा इजरायल जाने ६० जनाको टुंगो लाग्यो (हेर्नुस् नतिजा)

caregiver
२४ माघ, काठमाडौं । नेपालबाट इजरायलमा पहिलो चरणमा केयरगिभरका रुपमा जाने ६० जना कामदारको टंगो लागेको छ।

अन्तिम चरणको भाषा परीक्षा पास गरेका ६० जनाले इजरायल जाने अवसर पाउने भएका हुन् । गत माघ १९ गते १ सय जनाले इजरायल जानका लागि भाषा परीक्षा दिएका थिए ।

इजरायलको पपुलेशन इमिग्रेसन बोर्डर एथोरेटीले ६० जनालाई इजरायल लैजाने व्यक्तिहरुको टंगो लगाएको हो । भाषा परीक्षाको नतिजा सार्वजनिक भइसकेको छ ।

वैदेशिक रोजगार विभागले भाषा परीक्षा पास भएकालाई स्वास्थ्य परीक्षणका लागि तयार रहन सूचित गरेको छ ।  इजरायलले यसपछि पनि विभिन्न चरण्मा नेपाली कामदारलाई केयर गिभरमा रुपमा लैजानेछ । राम्रो आम्दानी हुने भएकाले धेरै नेपालीको यसमा आकर्षण छ ।

बालबालिका र वृद्धवृद्धाको हेरचाहको लागि केयरगिभर लैजान लागिएको हो । त्यसै कारण इजराययले धेरैजसो नर्स र स्वास्थ्य प्राविधिलाई छनौट गरेको छ ।

तपाईं पास हुनु भयो ? हेर्नुस् भाषा परीक्षाको नतिजा  (दुर्इ पटक क्लीक गरेर हेर्नुस् )

isreal-pss-list

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment