Comments Add Comment

भैरहवामा सिद्धार्थको विद्युतीय रिक्सा संचालनमा

siddartha-riksa

सलमान खान

२५ माघ, भैरहवा । रुपन्देहीको भैरहवामा ग्रीन सिटी मल्टीपल एण्ढ ट्रेडर्सले सिद्धार्थ ब्राण्डको विद्युतीय रिक्सा संचालनमा ल्याएको छ ।

ट्रेडर्सले नगरका यात्रु र पर्यटकीय सेवालाई लक्षित गरेर वातावरण मैत्री विद्युतीय रिक्सा संचालनमा ल्याएको हो ।

ट्रेडर्सले भैरहवामा पत्रकार सम्मेलन गरी भारतको दिल्लीमा क्वीन कम्पनीले बनाएको रिक्सा नेपालको एक मात्र अधिकारिक विक्रेता रहेको गि्रन सिटी मल्टीपल एण्ढ ट्रेडर्स भैरहवाले एसम्बल्ड गरेर सिद्धार्थ नामक ब्राण्डबाट विक्री सुरु गरेको जनाएको छ ।

बेरोजगार युवाहरुलाई स्वरोजगार बनाउन बिद्युतीय रिक्साले सहयोग पुर्‍याउने बिश्वास संचालकले लिएका छन् ।

ट्रेडर्ससँग २ लाख ५० हजार देखि ५ लाख रुपैयाँ सम्म ५ वटा मोडेलमा विद्युतीय रिक्साहरु उपलब्ध रहेको छ संचालक सागर अधिकारीले जानकारी दिए ।

siddartha-riksa-1

ट्रेडर्सबाट खरिद गरिएको रिक्साका चालकलाई निःशुल्क तालिम र रिक्सा जहाँ विग्रिएपनि सोही स्थानमा पुगेर मर्मत संभार समेत गरिने सुविधा दिइएको छ ।

ट्रेडर्सबाट खरिद भएको रिक्साहरुलाई एक सय रुपैयाँमा साँझ पार्किङ र ब्याट्री चार्ज गरिदिने व्यवस्था समेत गरिएको संचालक अधिकारीले बताए । एकपटक चार्ज भएको ब्याट्रीले ९० देखि ११० किलोमिटरसम्म चल्ने टे्रडर्सको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment