Comments Add Comment

कांग्रेस रुपन्देहीमा देउवा पक्षका रज्जाक निर्बाचित

सलमान खान

२६ माघ, भैरहवा । नेपाली कांग्रेस रुपन्देहीको सभापतिमा पुनः अब्दुल रज्जाक निर्वाचित भएका छन् । सांसदसमेत रहेका रज्जाकले आफ्ना प्रतिद्वन्द्वी अष्टभुजा पाठकलाई १ सय ९५ मतले पछि पार्दै दोस्रो कार्यकालका लागि जिल्ला सभापतिमा निर्वाचित भएका हुन् ।

Abdul-Rajjakरज्जाकले ६ सय २७ र पाठकले ४ सय ४२ मत पाएका छन् । रज्जाक देउवा पक्षका र पाठक संस्थापन पक्षका हुन् ।

यसैगरी सचिव पदमा निवर्तमान सचिव रामकृष्ण खाँण निर्वाचित भएका छन् । उनले ६ सय ४० मत पाए । उनका प्रतिद्वन्द्वी थानेश्वर घिमिरे २ सय २८ मत पाए ।

त्यस्तै कोषाध्यक्ष पदमा निवर्तमान कोषाध्यक्ष दिपक क्षेत्री न्यौपाने ६ सय २९ मतसहित निर्वाचित भएका छन् । उनले प्रतिद्वन्द्वी विश्वनाथ यादवलाई २ सय १९ मतले हराए ।

यसैगरी क्षेत्र नम्बर १ बाट जिल्ला सदस्यमा दुर्गाबहादुर राना, बासुदेव रिमाल, अकबाल खाँ, हरी काफ्ले र महिला सदस्यमा भगवती बस्याल निर्वाचित भएका छिन् । त्यस्तै क्षेत्र नम्बर २ बाट विष्णु थापा, ओम श्रेष्ठ, रामकिसन विक, रामबहादुर कार्की र मिना भण्डारी निर्वाचित भएका छिन् ।

क्षेत्र नम्बर ३ बाट रमा खड्का, कृष्णबहादुर गौतम, हरीप्रसाद तिवारी, गणेशप्रसाद शर्मा र शिवराम न्यौपाने निर्वाचित भएका छन् । क्षेत्र नम्बर ४ बाट फणिन्द्र शर्मा, रामवली चौधरी, माया गौतम, नारायण पुन, गोविन्द बस्याल विजयी भएका छन् ।

यस्तै क्षेत्र नम्बर ५ बाट सुनिल मरासिनी, दिलबहादुर राना, चन्द्रमणि शर्मा, तारा वेलवासे निर्वाचित भएका छन् । क्षेत्र नम्बर ६ बाट अशोककुमार त्रिपाठी, रमेशप्रसाद यादव, राजकुमार सिंह र विनोदकुमार श्रीवास्तव निर्वाचित भए भने शिबुन निशा निर्विरोध चुनिएकी छिन् ।

त्यसैगरी क्षेत्र नम्बर ७ बाट रुद्रनाथ चौधरी, अवधराम यादव, श्रीराम यादव, बलिराम लोध र पुण्य कुमारी यादव निर्विरोध निर्वाचित भएका छन् ।

सोमबार भएको निर्वाचनमा कुल १ हजार १ सय ३ मतदाता मध्ये एक हजार बढी मतदाताले मत हालेका थिए । उपसभापति पछि मनोनित गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment