Comments Add Comment

प्रहरी नायव निरीक्षक घुस लिएको रकमसहित पक्राउ

दिपक शर्मा

२६ माघ, बर्दिया । जिल्ला प्रहरी कार्यालय बर्दियामा कार्यरत प्रहरी नायव निरीक्षक नरबहादुर विक घुस लिएको १ लाख ५० हजार रुपैयाँसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई पक्राउ गरेको हो । मुद्धा फाटमा कार्यरत प्रहरी नायव निरीक्षक नरबहादुरले ठगी मुद्धाको आरोपमा हिरासतमा रहेका व्यक्तिलाई छुटाइदिने भन्दै आफन्तसँग रकम लिएका थिए ।

अख्तियारको क्षेत्रिय कार्यालय कोहलपुरले उनलाई पक्राउ गरी अनुसन्धान अगाडि वढाएका प्रवत्ता चुडामणि पराजुलीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment