Comments Add Comment

नरहरिको स्वास्थ्यमा क्रमिक सुधार, चिकित्सक भन्छन्- झोल कुरा खुवाउन सकिन्छ

Nahari Acharya

२७ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता नरहरि आचार्यको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । चिकित्सकहरुले उनलाई झोल कुरा खुवाउन सकिने बताएका छन् । तर आचार्यको बोलि भने अझै आएको छैन ।

बुधबार विहान आचार्यलाई भेट्न न्यूरो अस्पताल बाँसबारी पुगेका कांग्रेस युवा नेता गगन थापाले अनलाइनखबरसँग भने, ‘उहाँको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको छ, डक्टरहरुले लिक्वीड कुरा खुवाउनुस् भन्नु भएको छ ।’

दिवंगत पार्टी सभापति सुशील कोइरालालाई मंगलबार विहान श्रद्धाञ्जली अर्पण गरेर फर्कने क्रममा आचार्यलाई मस्तिष्क घात भएको थियो । लगत्तै उनलाई गंगालाल हृदयरोग केन्द्रमा लगिएको थियो । त्यहाँबाट उनलाई न्यूरो अस्पताल बाँसबारी रिफर गरिएको थियो ।

गगन थापाका अनुसार आचार्यले आफूलाई भेट्न आएकाहरु र चिकित्सकहरुले बोलेका कुराहरु बुझ्छन्, आँखा हेर्छन् तर, बोल्न सक्दैनन् । उनको दायाँ भाग अझै राम्रोसँग चलेको छैन । थापा भन्छन्, ‘नरहरि दाइले हामीले भनेको थाहा पाउनुहुन्छ तर बोल्न सक्नुहुन्न ।’

वरिष्ठ न्यूरोसर्जन डा. उपेन्द्र देवकोटाका अनुसार हाइपरटेन्सनका कारण मस्तिष्कको बायाँ भागमा रगत जमेकाले आचार्यको दायाँ भाग पक्षघात भएको सिटीस्क्यानबाट देखिएको छ । तर, अपरेशन गरिहाल्ने निष्कर्षमा चिकित्सकहरु पुगेका छैनन् । जमेको रगत हटाउनलाई तत्कालै शल्यक्रिया आवश्यक नदेखिएको र औषधिबाटै निदान गर्ने प्रयास भैरहेको डा. देवकोटा बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment