Comments Add Comment

केरुङ नाका बन्द, सामान आयात ठप्प

२८ माघ, रसुवा । भूकम्पका कारण प्रमुख व्यापारिक तातोपानी नाका बन्द भएको बेला केरुङ नाका पनि बन्द भएको छ । ल्होसार पर्व तथा चिनियाँ नयाँ वर्षमा कर्मचारीहरु व्यस्त भएकाले केरुङ नाका बन्द गराइएको हो ।

Kerung-Nakaचिनियाँ नयाँ वर्ष र ल्होसार पर्बका कारण दुई सातासम्म केरुङ भन्सार नाका बन्द हुन्छ ।

पत्रकार बलराम घिमिरे भन्छन्, ‘चिनियाँ पर्यटकहरु आवत-जावत गरिरहे पनि एक सातादेखि मालबाहक गाडीहरु आएका छैनन् ।’

नाका बन्द भएकाले चीनबाट सामान नेपाल भित्रिएको छैन । केरुङ नाकाबाट स्याउ, तयारी कपडा, विद्युतीय सामाग्री, कस्मेटिक सामानका कन्टेनरहरु नेपाल भित्रिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment