Comments Add Comment

सशस्त्रका पूर्व प्रमुख ओलीविरुद्ध मुद्दा दायर

२९ माघ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बलका पूर्वआइजीपी वासुदेव ओलीविरुद्ध पनि भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

basudev-oliसामान ढुवानीमा नक्कली विल भरपाइ बनाइ भ्रष्टाचार गरेको आरोपमा अख्तियारले सशस्त्रका पूर्व प्रमुख ओलीविरुद्ध विषेश आदालत, काठमाडौंमा मुद्दा दायर गरेको हो । ओलीले एक करोड १४ लाख ५४ हजार ४९ रुपैयाँ भ्रष्टाचार गरेको आयोगको दाबी छ ।

ओलीसँगै सशस्त्र प्रहरीबलका पूर्व डिएसपी महेन्द्र बहादुर कार्की र निरीक्षक विनबहादुर थापाविरुद्ध पनि ओलीकै जित विगो मागदाबीसहित अख्तियारले मुद्दा दायर गरेको छ ।

सशस्त्र प्रहरी निरीक्षक मनुहिरा महतविरुद्ध २८ लाख १८ हजार विगो मागदाबी सहित मुद्धा दायर भएको छ भने अर्का निरीक्षक शिवबहादुर अधिकारीले ७ लाख भ्रष्टाचार गरेको अख्तियारको दाबी छ ।

सशस्त्र प्रहरी नायब निरीक्षकहरु देवेन्द्रकुमार श्रेष्ठ र लेखबहादुर कार्की विरुद्ध क्रमश पाँच लाख ६० हजार र ४५ लाख २० हजार विगो मागदावी सहित विषेश अदालत काठमाडौंमा भ्रष्टाचारको मुद्धा दायर भएको अख्तियारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment