Comments Add Comment

उपत्यकामा दिउँसो बढी चोरी

२९ माघ, काठमाडौं । उपत्यकामा पछिल्लो समय रातिको तुलनामा दिउँसोमा बढी चोरी हुने गरेको महानगरीय प्रहरी अपराध महाशाखाको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष २०७२-७३ मा महाशाखामा परेको उजुरीमध्ये रातिमा चार र दिउँसो १०७ चोरीका घटना भएका छन् ।

chorमहाशाखाका प्रहरी नायब उपरीक्षक मुकुन्द मरासिनीका अनुसार दिँउसो मानिस घरमा नभएको समयमा बढी चोरी हुने गरेको छ । “रातिको समयमा प्रायः बचत तथा ऋण सहकारी संस्था र कार्यालयमा तथा दिउँसो घरमा बढी चोरी हुने गरेको छ” उनले भने ।

पछिल्लो समय उपत्यकाभित्रका विभिन्न बचत तथा ऋण सहकारी संस्थामा रातको समयमा ल्यापटप, क्यामरा, सुनचाँदीका गरगहना चोरी भएको आरोपमा धादिङ सुनौलाबजारका सुवास पोखरेल,धादिङकै अर्जुन नेपाली र नुवाकोटका दीपक गजुरेललाई प्रहरीले पक्राउ गरेको थियो । तीनै जना रु तीन लाख २० हजार धरौटीमा रिहा भए ।

“रिहा भएकाहरु पुनः चोरीमा संलग्न हुने गरेका पाइएको छ” मरासिनिले भने । महाशाखामा आव २०७०-७१ मा २८९ चोरीका घटना दर्ता भएकोमा आव २०७१-७२ मा ३०७ घटना दर्ता भएका थिए । आव २०७२-७३ को आठ महिनामा एकसय ११ चोरीका घटना दर्ता भएका छन् ।

आव २०७१-७२ मा मासिक २८ देखि ३२ चोरीका घटना हुने गरेकोमा चालु आवमा मासिक १० देखि १२ घटना भएको महाशाखाले जनाएको छ ।

उपत्यकका धेरैजसो सुनचाँदी, ल्यापटप र मोबाइल चोरी हुने गरेको छ । “तुरुन्त बिक्रीवितरण हुने हुँदा यस्ता सामाग्री बढी मात्रामा चोरी हुने गरेका छन्” महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक सर्वेन्द्र खनालले भने । स्पष्ट कानुनको अभावमा पक्राउ परे लगत्तै चोरीमा सङ्लग्न गिरोह अदालतबाट धरौटीमा छुट्ने र पुनः चोरी र लुटपाटमै सङ्ग्लन हुने गरेका छन् ।

गत पुस २२ गते नयाँ बसपार्कस्थित रिद्विसिद्वि मार्बल अगाडि सडकमा म्याग्दीका दिलबहादुर पुन, म्याग्दीकै चीरञ्जीवी पुन, नुवाकोटका उमेश तामाङ, म्याग्दीका सागर वरुवाल, गङ्गबुका धनबहादुर विश्वकर्मालाई ७५ तोला गरगहना र विभिन्न विद्युतीय उपकरणसहित प्रहरीले नियन्त्रणमा लिएको थियो ।

सिन्धुपालचोक जिल्ला अदालतले चोरी गरेको घटनामा एक महिना कैद र आठ लाख जरिवाना गरेका कैदी फुर्वा शेर्पा भूकम्पबाट कारागार भत्किँदा फरार भई राजधानी केन्द्रीत चोरीमा सङ्लग्न भएको पाइएको थियो । महाशाखाले शेर्पालाई पक्राउ गरेको थियो ।

यस्ता घटना काठमाडौं उपत्यकामा दैनिक र मासिक रुपमा थुप्रै हुने गरेका छन् । चोरीमा संलग्न  रहेका र जेल गएर छुटेका ६० जनालाई महाशाखाले प्रशिक्षण समेत दिएको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment