Comments Add Comment

टुँडिखेलमा बनाइयाे बुद्धको मानव निर्मित प्रतिमा

१ फागुन, काठमाडौं । काठमाडौंको टुँडिखेलमा आज मानव निर्मित भगवान गाैतम बुद्धको प्रतिमा प्रदर्शन गरिएको छ । नेपालहित विश्वमा शान्तिको कामना गर्दै कार्यक्रम गरिएको हो ।

सो अवसरमा बनाइएको प्रतिमा विश्वकै सबैभन्दा ठूलो मानव निर्मित बुद्ध मूर्ति भएको आयोजक चेयर अप नेपालको दावी छ ।

manab-nirmit-buddha
५ हजार भन्दा बढीको सहभागितामा यसअघि झण्डा बनाए जस्तै गरी मानव निर्मित बुद्धको प्रतिमा बनाइएको हो । कार्यक्रममा सहभागीहरूले प्रतिमा बनाउन प्लेकार्ड बोकेका थिए ।

बुद्धको जन्म नेपालमै भएको र बुद्ध नै शान्तिको अग्रदूत भएको सन्देश दिन पनि कार्यक्रम गरिएको चेयर अप नेपालले जनाएको छ ।  कार्यक्रममा मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यले पनि सहभागिता जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment