Comments Add Comment

लुम्बिनीको विकासमा सरकार प्रतिवद्धः प्रधानमन्त्री

Kp-oli

सलमान खान

२ फागुन, भैरहवा । प्रधानमन्त्री केपी ओली लुम्बिनीको विकासमा सरकार प्रतिवद्ध रहेको बताएका छन् । आइतबार लुम्बिनी बौद्ध विश्वविद्यालयको प्रशानिक भवन उद्धघाटन गर्न लुम्बिनी आएका प्रधानमन्त्री ओलीले मायादेवी मन्दिर परिसमा शान्ति पूजा गरेका छन् ।

उपप्रधान तथा उर्जा मन्त्री टोपबहादुर रायमाझी, अर्थ मन्त्री विष्णु पौडेल, श्रममन्त्री दिपक बोहरासहित आएका प्रधानमन्त्री ओलीले विगतको जस्तो ढिला सुस्ती मान्य नहुने बताए । उनले लुम्विनी गुरुयोजनाको काम लामो समयसम्म पनि सम्पन्न नभएकोमा चिन्ता व्यक्त गरे ।

अगामीको तीन बर्षभित्र जसरी पनि गुरुयोजना पुरा गरी लुम्बिनीलाई आर्कषक बनाउनु पर्ने भन्दै उनले यसको लागि बजेटको कमी हुन नदिने बताए । लुम्बिनीको गुरुयोजनाबारे राष्ट्र संघका महासचिव लगायतसँग कुराकानी भएको बताउँदै आगामी ६ महिनाभित्र संस्कृति मन्त्रालयले अध्ययन गर्ने र त्यसैको आधारमा लुम्बिनीको विकास तीव्र रुपमा अगाडी बढाइने बताए ।

जापनीज प्रोफेसर केन्जो टांगेले निमार्ण गरेको गुरुयोजना पुरा गर्न ६ अर्व बजेट लाग्ने लुम्बिनी बिकास कोषले जनाएको छ । र, हालसम्म गुरुयोजना अनुसारको ६५ प्रतिशत काम पुरा भएको छ ।

प्रधानमन्त्री ओलीले गुरुयोजना असंशोधीनय नभएको भन्दै आवश्यकता र सुन्दरतालाई बढवा दिन अन्य थप काम गर्न पनि सकिने बताए । यसको लागि थप अध्ययन गरेर योजना ल्याउन आफूले संस्कृति मन्त्रालयलाई निर्देशन दिइसकेको उनले बताए ।

प्रधानमन्त्री ओली लुम्बिनी मायादेवी मन्दिर शान्ति पुजा गरे पश्चात लुम्बिनी बौद्ध विश्व विद्यालय प्रशसानिक भवन उद्धघाटन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment