Comments Add Comment

आफ्नै घरमा महिला मृत फेला

२१ चैत, धनकुटा । जिल्लाको पाख्रीवासमा आज एक महिला मृत फेला परेकी छन् । पाख्रीवास–९ खावाकी ३५ वर्षीया तीलमाया तामाङ आफ्नै घरमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

तामाङको शरीरका विभिन्न भागमा चोटपटक भेटिएको घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय पाख्रीवासका प्रहरी नायब निरीक्षक राजकुमार बस्नेतले जानकारी दिए ।

मृत्युको कारण खुल्न सकेको छैन । शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment