Comments Add Comment

जियोनीले शक्तिशाली ब्याट्री भएको स्मार्टफोन ल्याउँदै

Gionee-M5-Plus-Final-2

१६ वैशाख, काठमाडौं । चिनियाँ स्मार्टफोन कम्पनी जियोनीले छिट्टै म्याराथन एम फाइभ प्लस नेपालमा ल्याउने भएको छ । यो स्मार्टफोन ठुलो ब्याट्री भएको म्याराथन सिरिजको नयाँ संस्करण हो ।

एम फाइभ प्लसमा पूर्ण मेटालिक र अल्ट्रा स्लिम युनिक बडीमा उपलब्ध छ । यो स्मार्टफोनमा ६ इञ्चको फुलएचडी अमोलेड स्क्रिन रहेको छ । यसमा १३ मेगापिक्सेलको रियर क्यामेरा र ५ मेगापिक्सेल फ्रन्ट क्यामेरा रहेको छ ।

यसको सबैभन्दा आकर्षक पक्ष यसमा रहेको ठूलो ब्याट्री हो । यसमा ५०२० एमएएच क्षमताको ब्याट्री रहेको छ । त्यस्तै, १.३ गिगाहर्जको ओक्टाकोर प्रोसेसर, डुअल चार्जिङ चिप्स, ३ जीबी र्‍याम, ६४ जीबी इन्टरनल स्टोरेज, पछिल्लो टाइप सी यूएसबी पोर्ट लगायतका विशेषताहरु रहेका छन् ।

यसमा अधिकतम सुरक्षाका लागि फिङ्गर प्रिन्ट स्क्यानर पनि राखिएको छ्र । फोनमा एन्ड्रोइड ५.१ मा आधारित जियोनिको आफ्नै सफ्टवेर अमिगो ३.१ अपरेटिङ सिष्टम रहेको छ ।

यसले रिभर्स ओटिजी चार्जिङ प्रविधिबाट अरु फोन पनि चार्ज गर्न सक्ने क्षमता राख्छ । यो फोन ‘शैम्पेन गोल्डेन’ रंगमा उपलब्ध हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment