Comments Add Comment

पत्रकार क्षेत्रीका छोराको शिक्षाका लागि प्रदिप पौडेलको एक लाख सहयोग

१८ वैशाख, काठमाडौं । ब्रेन ट्युमरका कारण निधन भएका नेपाल प्रेस युनियनका सचिव सूर्यकुमार क्षेत्रीका नाबालक छोराको शिक्षादीक्षाका लागि कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।

Surya-Kumar-Chhetri-no-more
सूर्यकुमार क्षेत्री

हालै वैवाहिक बन्धनमा बाँधिएका प्रदीप पौडेल एवं नेविसंघ केन्द्रीय सदस्य एन्जिला न्यौपानेले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै विवाह खर्चबाट कटाएर क्षेत्रीका छोराको शिक्षादीक्षाका लागि कोष निर्माणका लागि एक लाख रुपैयाँ उपलब्ध गराउने जनाएका हुन् ।

वैशाख १५ गते वैवाहिक बन्धनमा बाँधिएका पौडेल-न्यौपाने जोडीले नेपाल प्रेस युनियन काठमाडौं शाखामार्फत समन्वय गरी कोष निर्माण गर्ने बताएका छन् ।

‘परिवारका सदस्यहरूसँग प्रेस युनियन काठमाडौं शाखामार्फत समन्वय गरी यथाशीघ्र छोराको शिक्षादीक्षाका लागि उपयोगी हुने गरी कोष निर्माण गर्न एक लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गर्दछौं’ विज्ञप्तिमा उल्लेख छ ।

क्षेत्रीको वैशाख १६ गते उपचारका क्रममा निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment