Comments Add Comment

पशुपति शर्मालाई के रोग लाग्यो ?

pashupati-sharma

काठमाडौं । लोक गायक पशुपति शर्मा सुगर र प्रेशर बढेकाले चिन्तित छन् । यति मात्रै हैन । उमेर छँदा नभएर खान नपाएको र उमेर पुगेपछि भएर पनि मिठो कुरा खान नपाएकोमा चिन्ता गरिरहेका छन् ।

‘सुगर प्रेसर बढ्यो…’ बोलको गीतमा उनी यस्तै गन्थन गर्दै छन् । माया प्रेमको भाव समेटिएको गीत गाएर स्रोतालाई मनोरञ्जन दिंदै आएका शर्माले यसपाली गीत मार्फत आम नागरिकलाई स्वस्थ्य रहन सुझाब दिएका छन् ।

बैस छँदा खेरी भोक भोकै गामतिर
अब तिर्थ धामतिर….

उनले लोकलयमा चुड्का भजनको शैली पनि मिसाएका छन् । उनको आफ्नै शब्द र संगीत रहेको गीतमा देवी घर्तीले पनि स्वर दिएकी छिन् ।

प्राय आफ्नो गीतमा आफैं मोडलिङ गर्दै आएका पशुपति यो भिडियोमा पल्पसा डंगोल ‘चम्सुरी’ को नायक बनेका छन् । पल्पसासंग पहिलो पटक काम गरेका शर्माले काम गर्न निकै सजिलो भएको प्रतिक्रिया दिए । ‘उहाँसँग पहिलो पटक काम गरेको निकै रमाईलो भयो ।’ अनलाइनखबरसंग कुरा गर्दै पशुपतिले भने ।

रोगसंग सम्बन्धित गीत भएकाले आफुले बुढा मान्छेको चरित्र निर्वाह गरेको उनको भनाई छ । पल्पसाले बुढी आमाको चरित्र निर्वाह गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment