Comments Add Comment

कलेज प्रिमियर क्रिकेटमा रितेश यादवको शतक

Ritesh-Yadav

२० वैशाख, काठमाडौं । कलेज प्रिमियर लिग क्रिकेटमा रितेश यादवले शतकको मदतमा गोल्डेन गेट कलेज विजयी भएको छ । सोमबार भएको खेलमा गोल्डेनगेटले लर्ड बुद्ध एजुकेशन पाउन्डेशनलाई ११६ रनले विजयी भएको छ ।

कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ थालेको गोल्डेनगेटले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २१७ रन बनायो । उसका लागि रितेशले ४९ बलमा १० चौका र ६ छक्काको मदतमा अविजित १०० रन बनाए ।

परेश लोहनीले ४६ रन बनाए भने संजय श्रेष्ठले २१ रन बनाए । दिपेन्द्र कार्की २४ रनमा अविजित रहे ।

जवाफमा मैदान उत्रिएको लर्ड बुद्धले २० ओभरमा ९ विकेट गुमाएर १०१ रन मात्र बनाउन सक्यो । उसका लागि रोविन चन्दले ३९ रन बनाउनु बाहेक अन्य कुनै ब्याट्सम्यान चल्न सकेनन् ।

लर्ड बुद्धलाई सस्तैमा समेट्ने क्रममा संजय श्रेष्ठले ३ विकेट लिए भने योगेन्द्र कार्कीले २ विकेट लिए ।

अर्को खेलमा प्रदीप ऐरीको ८० रनका मदतमा हार्टल्याण्ड कलेजले भीएस निकेतनलाई ११४ रनले पराजित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment