Comments Add Comment

एमाले र एमाओवादीवीच बालुवाटारमा घम्साघम्सी !

दुबै दलका शीर्षनेतावीच संयुक्त वार्ता

२१ वैशाख, काठमाडाैं । नेपाली कांग्रेसले प्रचण्डलाई प्रधानमन्त्री बनाउने कार्ड फालिरहेका बेला सत्तारुढ दल नेकपा एमाले र एमाओवादीका शीर्ष नेताहरु बालुवाटारमा भेला भएका छन् ।

Prachand-and-Kp-oliमंगलबार साँझ ७ बजे द्वीपक्षीय छलफलमा जुटेका दुई दलका नेताहरुले बजेट लगायत सरकारको कार्यशैलीका विषयमा छलफल गर्ने कार्यसूची रहेको बताइएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा छलफलका लागि एमाओवादी अध्यक्ष प्रचण्ड, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव कृष्णबहादुर महरा, सचिवत्रय टोपबहादुर रायमाझी, वर्षमान पुन, गिरिराजमणि पोखरेल, गृहमन्त्री शक्तिबहादुर बस्नेत र सांसद जर्नादन शर्मा पौडेल सहभागी छन् ।

त्यसैगरी एमालेका तर्फबाट प्रधानमन्त्री केपी ओली, पूर्वप्रधानमन्त्री झलनाथ खनाल र माधवकुमार नेपालका साथै उपाध्यक्ष वामदेव गौतम र भीम रावल बैठकमा सहभागी छन् । त्यसैगरी महासचिव ईश्वर पोखरेल, कानूनमन्त्री अग्नि खरेल र प्रमुख सचेतक भानुभक्त ढकाल पनि छलफलमा सहभागी छन् ।

स्रोतका अनुसार हालै सम्पन्न एमाओवादीको स्थायी कमिटी बैठकले ओली सरकारको कामकारवाही चित्तबुझ्दो नभएको भन्दै एमाले शीर्षनेतृत्वसँग द्वीपक्षीय छलफलको माग गरेको थियो ।

दुई दलवीच सोमबार नै छलफल गर्ने भनिए पनि प्रधानमन्त्रीको व्यस्तता र प्रचण्ड मोरङ जानुपरेका कारण मंगलबार साँझमा बैठक राखिएको बताइएको छ ।

बैठकमा एमाओवादीले बजेटका विषयमा पनि आफ्ना कुराहरु राख्ने र सरकारलाई प्रभावकारी बनाउने बारे एमालेसँग कडाइपूर्वक कुरा राख्ने एक एमाओवादी नेताले बताए । उनले भने- ‘एमालेसँग हाम्रो घम्साघम्सी पर्नेवाला छ ।’

यी पनि पढ्नुहोस् 

प्रचण्डलाई प्रधानमन्त्री बनाउन शेरबहादुर देउवा तयार

ओलीलाई धेरै समय काँधमा बोकेर हिँड्न सकिँदैनः वर्षमान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment