+
+
Shares

हावाहुरीले रुख ढल्दा कैलालीमा एक महिलाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ३० गते १६:४६

३० वैशाख धनगढी । कैलालीमा हावाहुरीका कारण ढलेको रुखले च्यापिएर एकजनाको मृत्यु भएको छ । बुधबार साँझ आएको हावाहुरीले टीकापुर नगरपालिका–१ मा घरमाथि ढलेको रुखले च्यापिएर सोही ठाउँका ४० वर्षीय देउकला कामीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कच्ची घरमाथि ढलेको रुखले च्यापिएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक भरत चौधरीले जानकारी दिए ।

वर्षासँगै आएको हावाहुरीले जिल्लाका अन्य ठाउँमा पनि क्षति गरेकाले विवरण संकलनको काम भइरहेको प्रहरी नायब उपरीक्षक चौधरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?