+
+
Shares

तिनाउ नदीमा पौडी खेल्दा भारतीय युवकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ८ गते १८:४९
तिनाउ नदी ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तिनाउ नदीमा पौडी खेल्ने क्रममा भारत नौतनवा निवासी सोयब अन्सारीको मृत्यु भयो।
  • अन्सारीको शव अझै फेला नपरेको र खोजी कार्य जारी छ।
  • स्थानीय सरकारले क्षति रोक्न कुनै पहल नगरेको स्थानीयको गुनासो छ।

८ जेठ, बुटवल । तिनाउ नदीमा पौडी खेल्ने क्रममा एक भारतीय किशोरको मृत्यु भएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित तिनाउ नदीको ड्यामसाइडमा पौडी खेल्ने क्रममा डुबेर भारत नौतनवा निवासी १८ वर्षीय सोयब अन्सारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डिएसपी सुनिल मल्लले जानकारी दिए ।

प्रहरीका अनुसार, अन्सारी आफ्ना दाजुभाइ र साथीहरू सहित बुटवल घुम्न आएका थिए । घुम्ने क्रममा तिनाउ नदीको ड्यामसाइड पुगेका उनीहरू पौडी खेल्ने क्रममा अन्सारी डुबेका थिए ।

डुबेका अन्सारीको शव अझै फेला नपरेको र खोजी कार्य जारी रहेको डिएसपी मल्लले बताए ।

उक्त स्थानमा पौडी खेल्ने क्रममा डुबेर हरेक वर्ष मानवीय क्षति हुने गरेपनि स्थानीय सरकारले क्षति रोक्न कुनै पहल नगरेको स्थानीयको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?