
News Summary
Generated by OK AI. Editorially reviewed.- ललितपुरको महालक्ष्मी नगरपालिका–५ टिकाथली ठटिकोटमा करेन्ट लागेर ६४ वर्षीय आशाकाजी महर्जनको मृत्यु भयो।
- मृत्यु मंगलबार बिहान निर्माणाधीन घरको खाल्टोमा जमेको पानी तान्ने क्रममा करेन्ट लागेर भएको हो।
- उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
१० असार, काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका–५ टिकाथली ठटिकोटमा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ६४ वर्षीय आशाकाजी महर्जन छन् । करेन्ट लागेर मंगलबार बिहान महर्जनको मृत्यु भएको प्रहरीले बताएको छ ।
निर्माणाधीन घरको जग खनेको खाल्टोमा जमेको पानी तान्ने क्रममा करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए ।
उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको प्रहरीले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4