Comments Add Comment

विना सेन्सर नेपालमा ‘राधे’ रिलिज, मन्त्रालयले दियो चेतावनी

आजबाट रिलिज भएको बलिउड नायक सलमान खान अभिनित चलचित्र ‘राधे’ सेन्सर भएको छैन । नेपालमा सेन्सर नै नगरी चलचित्र रिलिज भएपछि सूचना, संचार तथा प्रविधि मन्त्रालयले सेन्सर गरेर मात्र रिलिज गर्न चेतावनी दिएको छ । सेन्सर नगरी चलचित्र रिलिज गरिएमा कानुनी प्रक्रिया अनुसार अगाडि बढ्ने चेतावनी मन्त्रालयको छ ।

तर, अहिलेसम्म यो चलचित्रको सेन्सर भने भएको छैन । चलचित्र सेन्सर बोर्डका सदस्य सन्तोष कुमार थापाले सेन्सरका लागि अहिलेसम्म यो चलचित्रका वितरक नआएको बताए । उनले भने–‘हिजोदेखि नै उहाँहरुले आउँछौ आउँछौ मात्र भन्नुभयो, तर आउनुभएको छैन । अहिलेसम्म पनि चलचित्रको सेन्सरका लागि कुनै प्रक्रिया अगाडि बढाइएको छैन ।’

उनले भने–‘मैले संचार मन्त्रालयसँग पनि कुराकानी गरेको छ । आज बेलुकीसम्म चलचित्रको सेन्सर नभएको खण्डमा कानुनी प्रक्रियामा जाने तयारीमा मन्त्रालय छ ।’
यो चलचित्रलाई नेपालमा गोपिकृष्ण मुभिज अन्र्तगतको ए एठ् कम्पनीले नेपाल भित्राएको हो । यो चलचित्र विभिन्न ओटीटी प्लेटफर्म र डिस होम, नेट टीभी लगायतमा रिलिज भैसकेको छ । चलचित्रलाई दर्शकले २९९ रुपैयाँदेखि ३२५ रुपैयाँसम्म तिरेर हेर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment