Comments Add Comment

पेरिसमा महजात्रा सम्पन्न

paris-1maha_jatraपेरिस ।  गैर आवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद फ्रान्सको आयोजनामा महजात्रा कार्यक्रम सम्पन्न भएको छ। झण्डै ५ सय दर्शकहरूले खचाखच हलमा महजोडीका सन्देशमुलक प्रहसनसँगै कार्यक्रम सम्पन्न भएको हो ।

युरोप यात्रामा रहेका बरिष्ठ कलाकारहरु मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यले देशको समसामयिक बिषमा नै प्रहसन गरे। मह प्रहसनमा कलाकारहरु नरेन्द्र कंसकार,मोहित आचार्यले साथ दिए भने गायिका माण्डपी त्रिपाटी र यमन श्रेष्ठले पनि चर्चित गीतहरु सुनाए।

नेपाल दूतावास फ्रान्स स्थित राजदूत अम्बीकादेवी लुईटेलको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा गैर आवसिय नेपाली संघ अन्तर्राष्ट्रीय समन्वय परिषद,महिला उप–संयोजक रजनी प्रधान, नेपाली दूतावास पेरिसका नियोग उपप्रमुख रामवावु ढकाल,एनआरएनए युरोप क्षेत्रका पूर्व उप–संयोजक रविन्द्रमान श्रेष्ठ,आईसीसी सदस्य मीनबहादुर जी.सी, संघका प्रमुख संरक्षक हरीहर अर्याल, संरक्षकहरू मुकुन्द अमात्य, पेम्बा सेर्पा, संघका पुर्ब अध्यक्षहरु निर्मल अर्याल, घनश्याम पौडेल लगायतको उपस्थिती रहेको थियो । संघका अध्यक्ष भक्त वाग्लेको अध्यक्षतामा सम्पन्न भएको थियो।

यसैबीच वरिष्ठ कलाकारहरूको सम्मानमा नेपाली राजदूत पेरिसकी माहामहिम राजदुतले रात्रि भोजको आयोजना गरेर स्वागत गरेकी थिईन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment