Comments Add Comment

मौसम सूचकाङ्क आधारित बीमा पहिलोपटक स्याउखेतीमा

syau-bima
जुम्ला, २४ वैशाख । नेपालमा पहिलो पटक मौसम सूचकाङ्क आधारित स्याउखेतीको बीमा जुम्लाबाट सुरु भएको छ । स्याउखेती बीमाका लागि सक्षम एक्सेस टु फाइनाइन्स कार्यक्रमको सहयोगमा शिखर इन्स्योरेन्स कम्पनीले कार्य थालनी गरेको हो ।

सो कम्पनीले जुम्लामा बिहीबार स्याउखेती बीमाको उद्घाटन गरेको छ । कार्यक्रमको उद्घाटन बीमा समितिका अध्यक्ष प्रा डा फत्तबहादुर केसीले गरे ।

प्रा. डा. केसीले सरकारले यस्तो बीमामा ७५ प्रतिशत अनुदान दिएको बताए । मुलुकका अन्य जिल्लामा कार्यक्रम विस्तार गर्ने बताउँदै उनले बीमालाई जीवन पद्दति बनाउन सहभागी किसानलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment