Comments Add Comment

पूर्व राष्ट्रपतिको बारे कविता लेख्नेलाई ६ महिनाको जेल

_myanmar_penis_tattooकविता त कापीमा लेखिन्छ । तर कतिपय मानिसको सनक यस्तो हुन्छ की उनीहरु आफ्नै लिंगमा कविता कोर्दा रहेछन् । तर यस्ता सनकीहरु नराम्रोसँग कानूनको फन्दामा पर्दा रहेछन् ।

म्यानमारमा भएको छ यस्तै । आफ्नो लिंगमा पूर्व राष्ट्रपतिको बारेमा कविता लेख्ने एक युवकले ६ महिनाको जेल सजाय पाएका छन् ।

माउंग सौगखा नामका २४ वषर्ीय ती युवकले आफ्नो लिंगमा टाटु खोपाएर पूर्व राष्ट्रपति थेन सेनको बारेमा लेखेको भन्दै एउटा कविता सोसल मिडिया फेसबुकमा पोष्ट गरेका थिए ।

पूर्व राष्ट्रपतिको बारेमा लिंगमा कविता लेखेर फेसबुकमा पोष्ट गर्ने सौगखालाई पुलिसले पक्रेर मानहानीको मुद्धा चलाएको थियो । मानहानीको मुद्धामा उनलाई ६ महिनाको जेल सजाय सुनाइएको छ ।

ती युवककी गर्लप|mेण्डले भने फेसबुकमा पोष्ट गरिएको कविता काल्पनिक रहेको र सौगखाको लिंगमा कुनै टाटु नखोपिएको र कुनै कविता नलेखिएको दाबी गरेकी छिन् ।

६ महिनाको जेल सजाय सुनाइएपनि सौगखा अब जेल बस्नुपर्ने छैन । किनकी मुद्धा चालु रहेकै अवस्थामा उनले ६ महिना जेलमा बिताइसकेका छन् र उनको जेल भुक्तान भैसकेको हुँदा उनी रिहा हुँदैछन् ।

स्मरण रहोस् ५० वर्षको सैनिक सासनपछि म्यानमारमा गत नोभेम्बरमा भएको चुनावमा लोकतान्त्रिक दलले चुनाव जितेर अहिले लोकतान्त्रिक सरकार गठन भएको भएपनि त्यहाँ इन्टरनेटमा कडाइ गरिएको छ । गत वर्षमात्र फेसबुकमा पूर्व सेनाध्यक्षको मजाक उडाउने एक जनाले ६ महिना जेलको हावा खानु परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment