Comments Add Comment

ओली सरकारलाई हटाउनु घातकः सुजाता कोइराला

Sujata-koirala

११ जेठ, भक्तपुर । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले केपी ओली नेतृत्वको सरकारलाई हटाउन सबैका लागि घातक हुने बताएकी छन् ।

ओली सरकारले अघि सारेको आर्थिक, सामाजिक विकासको योजना नेपाल र नेपालीको हितमा रहेको भन्दै उनले तत्काल सरकार परिवर्तन गरिए विकासको बाटाहरु बन्द हुने बताए ।

स्थानीय निकायको निर्वाचन गर्ने मिति सरकारले तोकेता पनि एमालेले नचाहेको उनको आरोप छ । स्थानीय चुनाव गर्नेभए प्रतिपक्षी दल कांग्रेसलाई छलफलमा बोलाउनु पर्ने उनको तर्क थियो ।

कांग्रेस नेतृ कोइरालाले पुनर्निर्माण प्राधिकरणका काम सुस्त गतिमा भएको गुनासो गरिन् । बषर्ाको समयमा भूकम्प पीडितका लागि केही गर्न नसक्दा नकारात्मक असर पार्ने भन्दै उनले पुनर्निर्माणलाई तीव्र बनाउन नेपाली सेना लगायत युवाहरुलाई स्वयंमसेवकका रुपमा परिचालन गर्नु पर्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment