+
+
Shares

फुटबलर विमल घर्ती मगरकी बहिनीको हत्या

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ १३ गते १०:४१

१३ जेठ, काठमाडौं । नेपाली फुटबल टोलीका युवा स्ट्राइकर विमल घर्ती मगरकी बहिनाको हत्या भएको छ ।

manisaविमलकी बहिनी १७ वर्षीया मनिषा नवलपरासीको बर्दघाट ८ भुताहस्थित आफ्नै घरमा मृत अवस्थामा भेटिएकी हुन् । गएराति उनी घरमा एक्लै थिइन् ।

उनकी आमा वुटबल गएकी थिइन् । विहान आउँदा ढोका खुल्लै रहेको र छोरी मृत अवस्थामा भेटिएपछि उनले गाउँले र प्रहरीलाई खबर गरेकी थिइन् ।

इलाका प्रहरी कार्यालय बर्दघाट नवलपरासीका प्रहरी निरीक्षक श्यामकृष्ण केसीले घटना प्रकृति हेर्दा मनिषाको हत्या भएको हुने सक्ने बताए । यद्यपि पोर्टमाटम रिपार्ट आउन बाँकी छ । मृतकको शव परासीस्थित पृथ्वीचन्द्र अस्पतालमा ल्याइएको छ ।

प्रहरी निरीक्षक केसीका अनुसार मृतक मनिषाको घाँटीमा निल डाम छ । उनको खुट्टा टिटेबुलतिर र शरिर ओछ्यानतर्फ फर्किएको अवस्थामा शव भेटिएको थियो ।

प्रहरीले सोधपुछका लागि एकजनालाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका युवक छिमेकी भएको बताइएको छ ।

मनिषाले अहिले ११ कक्षाको परीक्षा दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?