Comments Add Comment

रेखालाई दर्शकले घेरेपछि रोकियो छायांकन

rekha thapa in palas shoot
नायिका रेखा थापालाई दर्शकले घेरेपछि चलचित्र ‘पलाँस’को सुटिङ रोकिएको छ । सुभाष कोइरालाको निर्देशनमा तयार भैरहेको चलचित्र ‘पलाँस’मा रेखाले मुख्य भुमिका निर्वाह गरेकी छिन् ।

बिहिवार बाराको निजगढमा सुटिङ हुँदै थियो । सुटिङ तयारी गर्दै गर्दा दर्शकको भिड बढेपछि निर्माण पक्षले सुटिङ स्थगित गर्नुपर्‍यो ।

‘आज पनि भिड त्यस्तै छ । लुकेर सुटिङ गर्नुपर्ने अवस्था छ ।’ अनलाइनखबरसँग कुरा गर्दै रेखाले भनिन् । होम प्रोडक्सन बाहिरको चलचित्रमा अभिनय गरेकी रेखाले दर्शकले घेरेपछि उनीहरुसँग भलाकुसारी समेत गरेकी थिईन् ।

एक सातादेखि बारामा रहेकी रेखाले हरेक दिन दर्शकवाट घेरिएरै सुटिङ गर्नु परेको छ । दर्शकवाट घेरिदा रमाइलो लागे पनि सुटिङ नै नहुँदा भने मज्जा नहुने धारणा उनी राख्छिन् ।

सुटिङ रोकिएपछि दर्शकसँग कुरा गरेर बसेकी थिइन् रेखा । ‘सुटिङ रोकिएपछि दर्शकसँग कुरा गरेर बसेँ ।’ रेखाले भनिन्- ‘तराई क्षेत्रका महिला केटाकेटीलाई के समस्या छ भनेर सोधेँ ।’rekha with darsak

रेखालाई सुटिङमा जाँदा दर्शकले यसरि घेरेको यहि नै पहिलो पटक भने होइन । सिनेमा प्रदर्शनमा होस् या सुटिङका समयमा नै किन नहोस्, रेखालाई दर्शकले यसरि घेर्ने गरेका छन् । पछिल्ला समयमा आएका कलाकारलाई दर्शकले बाटोमा हिन्दा समेत नचिन्ने अवस्था छ ।

तर, रेखा जस्ता केही कलाकार पनि नेपालमा छन् जसलाई दर्शकले देख्ने वित्तिकै घेर्ने गर्छन् । निर्मात्री कृषा चौलागाइका अनुसार रेखा बारा पुगेको पहिलो दिन पनि दर्शकले घेरेर छायांकन गर्न पाइएको थिएन । यो चलचित्रमा रेखाको साथमा कामेश्वर चौरासिया, अयुव केसी मुख्य भूमिकामा छन् ।Rekha sutting (4)

Rekha sutting (3)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment