+
+
Shares

एमाले संविधान संशोधन गर्न तयारः नेम्वाङ

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ १९ गते १७:३८

Subas-Nemwang

१९ जेठ, काठमाडौं । नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले मधेसवादी दल र आदिवासी जनजाति सम्बद्ध समूहहरुका असन्तुष्टि सम्बोधन हुने गरी संविधान संशोधनका लागि एमाले तयार रहेको बताएका छन् ।

उनले संविधानमा देखिएका असन्तुष्टि नेपालको आन्तरिक मामिला भएकाले त्यसका लागि कुनै पनि मुलुकले उपदेश दिइरहन आवश्यक नरहेको बताए ।

मानव अधिकार तथा शान्ति समाजले बुधबार काठमाडौंमा गरेको कार्यक्रममा तत्कालीन संविधानसभाका अध्यक्ष नेम्वाङले भारतप्रति लक्षित गर्दै भने, ‘१ सय २२ पटक संविधान संशोधन गरिसकेर पनि सबै जनतालाई चित्त बुझाउन नसकेको मुलुकले अर्को मुलुकको आन्तरिक विषयमा टिप्पणी गर्न सुहाउँदैन ।’

९० प्रतिशत भन्दा बढी मतले बनाएको र सबैजसो दलले स्वीकार गरेको संविधानका विषयमा कुनै पनि मुलुकलाई सुझाव दिने अधिकार नरहेको उनले बताए ।

कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका पूर्व अध्यक्षहरु कृष्ण पहाडी, होमकान्त चौलागाईं लगायतले संविधानको विरोधमा मधेसवादी तथा आदिवासी जनजाति सम्बद्ध दलहरुले गरिरहेको आन्दोलनलाई कमजोर आँक्नुको साटो वार्तामार्फत सम्बोधन गर्नुपर्नेमा जोड दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?