News Summary
Generated by OK AI. Editorially reviewed.- भारतले सन्जु सामसनको अविजित ९७ रनको प्रदर्शनमा वेस्ट इन्डिजलाई ५ विकेटले हराउँदै आईसीसी टी-२० विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ।
- वेस्ट इन्डिजले २० ओभरमा ४ विकेट गुमाएर १९५ रन बनाएको थियो भने भारतले १९.२ ओभरमा लक्ष्य पुरा गरेको थियो।
- भारतले अब फाइनल प्रवेशका लागि इंग्ल्यान्डसँग खेल्नेछ भने अर्को सेमिफाइनलमा दक्षिण अफ्रिका र न्युजिल्यान्ड भिड्नेछन्।
१७ फागुन, काठमाडौं । सन्जु सामसनको शानदार ब्याटिङ प्रदर्शनमा भारत आईसीसी टी-२० विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार भएको सुपर ८ को अन्तिम खेलमा वेस्ट इन्डिजलाई ५ विकेटले हराउँदै भारत सेमिफाइनलमा प्रवेश गरेको हो । सामसनले ५० बलमा अविजित ९७ रन बनाए ।
वेस्ट इन्डिजले दिएको १९६ रनको बलियो लक्ष्य भारतले १९.२ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो । अन्तिम ओभरमा ७ रन आवश्यक हुँदा सामसनले छक्का र चौका प्रहार गरे ।
तिलक वर्माले २७, कप्तान सूर्यकुमार यादवले १८, हार्दिक पान्ड्याले १७ रन बनाए । भारतको टी-२० विश्वकपमा सर्वाधिक सफल रन चेज समेत हो ।
वेस्ट इन्डिजका शमार जोसेफ र जेसन होल्डरले २-२ विकेट लिँदा अकिल होसेनले १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ४ विकेट गुमाएर १९५ रन बनाएको थियो । रस्टन चेसले सर्वाधिक ४० रन बनाए । जेसन होल्डर ३७ तथा रोभमन पावेल ३४ रनमा अविजित रहे ।
वेस्ट इन्डिज ११९-४ को अवस्थाबाट पाँचौं विकेटका लागि होल्डर र पावेल मिलेर ७६ रनको साझेदारी गरेका थिए ।
भारतका लागि जसप्रित बुमराहले २ विकेट लिए भने हार्दिक पान्ड्या र वरुण चक्रवर्तीले १-१ विकेट लिए ।
भारतले अब फाइनल प्रवेशका लागि इंग्ल्यान्डसँग खेल्नेछ । अर्को सेमिफाइनलमा दक्षिण अफ्रिका र न्युजिल्यान्ड खेल्नेछन् ।
प्रतिक्रिया 4