News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको मुख्य प्रशिक्षकमा इटालीका गुग्लिएल्मो एरेना नियुक्त हुने भएका छन्।
- एरेना नेपाल आइसकेको र केही दिनमा उनको नियुक्तिबारे आधिकारिक घोषणा गरिने एन्फा स्रोतले जनाएको छ।
- एरेनाले लाओसको राष्ट्रिय टिममा काम गरिसकेको र ३ सय बढी खेल व्यवस्थापन गरिसकेको छ।
१७ फागुन, काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटलब टिमको मुख्य प्रशिक्षकमा इटालीका गुग्लिएल्मो एरेना नियुक्त हुने भएका छन् ।
एरेना नेपाल आइसकेको र केही दिनमा उनको नियुक्तिबारे आधिकारिक घोषणा गरिने अखिल नेपाल फुटबल संघ (एन्फा) स्रोतले जनाएको छ ।
एरेनाले यसअघि लाओसको राष्ट्रिय टिममा काम गरिसकेको अनुभव छ । उनले ३ सय बढी खेल व्यवस्थापनसमेत गरेका छन् ।
उनले दशरथ रंगशालामा जारी एन्फा राष्ट्रिय लिग हेरिरहेका छन् ।
प्रतिक्रिया 4