+

आईसीसीको डिजिटल प्लाटफर्म मार्केटमा नेपाल तेस्रो स्थानमा

२०८२ फागुन  १७ गते १७:२० २०८२ फागुन १७ गते १७:२०
आईसीसीको डिजिटल प्लाटफर्म मार्केटमा नेपाल तेस्रो स्थानमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले भारत र श्रीलंकामा जारी आईसीसी टी–२० विश्वकपको डिजिटल प्लाटफर्ममा शीर्ष ३ भित्र पर्न सफल भएको छ।
  • आईसीसीका डिजिटल प्रमुख फिन ब्राडशले नेपाल पहिलोपटक शीर्ष तीन बजारहरूमा प्रवेश गरेको देख्नु उत्साहजनक भएको बताए।
  • नेपालले विश्वकप समूह चरणमा इंग्ल्यान्डसँग शानदार प्रदर्शन गर्दै अन्तिम खेलमा स्कटल्यान्डलाई हराएको थियो।

१७ फागुन, काठमाडौं । भारत र श्रीलंकामा जारी आईसीसी टी–२० विश्वकप क्रिकेटको डिजिटल प्लाटफर्ममा नेपाल शीर्ष ३ भित्र पर्न सफल भएको छ ।

आईसीसी डिजिटल प्लाटफर्ममा नेपाल तेस्रो स्थानमा समावेश भएको आईसीसीका डिजिटल प्रमुख फिन ब्राडशले एचटीले जानकारी दिए ।

‘नेपाल पहिलोपटक हाम्रा शीर्ष तीन बजारहरूमा प्रवेश गरेको देख्नु उत्साहजनक भएको छ, जसले उनीहरूको टोली पछाडिको जोश र गतिलाई रेखांकित गर्दछ,’ उनले भने ।

जारी विश्वकपको समूह चरणको आफ्नो पहिलो खेलमा इंग्ल्यान्डविरुद्ध शानदार प्रदर्शन गरेको नेपालले दोस्रो खेलमा इटाली र तेस्रो खेलमा वेस्ट इन्डिजसँग पराजित भएको थियो ।

अन्तिम खेलमा स्कटल्यान्डलाई हराउँदै नेपालले विश्वकपमा सुखद अन्त्य गरेको थियो ।

मुम्बईको वानखेडे स्टेडियममा भएको समूह चरणका ४ खेलमा ७५ हजारभन्दा बढी दर्शक सहभागी भएको आइसीसीको तथ्यांक छ ।

आईसीसी डिजिटल प्लाटफर्म

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय