News Summary
Generated by OK AI. Editorially reviewed.- त्रिभुवन आर्मी एफसीले राष्ट्रिय लिग फुटबलमा नव जन जागृति युवा क्लबलाई ३-० ले पराजित गरेको छ।
- आर्मीले पाँचौं जितपछि ८ खेलबाट १७ अंक जोडेर उपाधि होडमा आफूलाई कायम राखेको छ।
- नव जन जागृतिले लगातार आठौं हार भोग्दै तालिकाको पुछारमा रहेको छ।
१७ फागुन, काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी एफसीले राष्ट्रिय लिग फुटबलमा पूछारको नव जन जागृति युवा क्लबलाई ३-० ले पराजित गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा आर्मीले बाराको नव जन जागृतिलाई ३–० ले सहजै हरायो ।
लिगमा पाँचौं जितपछि आर्मीले ८ खेलबाट १७ अंक जोडेको छ र उपाधि होडमा आफूलाई कायम राखेको छ ।
राष्ट्रिय लिगमा कमजोर देखिएको टोली नव जनजागृतिको भने यो लगातार आठौं हार हो । बाराको यो टोली आधा खेल खेलिसक्दा अझै अंकविहीन हुँदै तालिकाको पुछारमा छ ।
आर्मीको लागि कप्तान जर्ज प्रिन्स कार्कीले खेलको नवौं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।
नवयुग श्रेष्ठले ५४औं मिनेटमा गोल गर्दै आर्मीको अग्रता दोब्बर पारे। कुन्साङ लामाले ७६औं मिनेटमा आर्मीको तेस्रो गोल गरे ।
प्रतिक्रिया 4