+

राष्ट्रिय लिग फुटबलमा एनआरटीको जित

२०८२ फागुन  १७ गते १७:५५ २०८२ फागुन १७ गते १७:५५
राष्ट्रिय लिग फुटबलमा एनआरटीको जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय लिग फुटबलमा एनआरटीले चित्लाङ एफसीलाई २-१ ले हराउँदै तेस्रो स्थानमा उक्लेको छ।
  • एनआरटीका राजिव लोप्चनले १०औं मिनेटमा गोल गरे भने टिमोथी ओकेरेकेले ५४औं मिनेटमा निर्णायक गोल गरे।
  • एनआरटी ९ खेलबाट १८ अंकसहित तेस्रो स्थानमा पुगेको छ भने चित्लाङ ७ अंकसहित १३औं स्थानमा छ।

१७ फागुन, काठमाडौं । राष्ट्रिय लिग फुटबलमा एनआरटीले आईतबार चित्लाङ एफसीलाई हराएर तेस्रो स्थानमा उक्लेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एनआरटीले चित्लाङलाई २-१ ले पराजित गरेको हो ।

एनआरटीका लागि राजिव लोप्चनले १०औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । एनआरटीकै सोनम लिम्बुले ३७औं मिनेटमा आत्मघाती गोल गरेपछि चित्लाङले पहिलो हाफमा बराबरी गरेको थियो ।

तर टिमोथी ओकेरेकेले ५४औं मिनेटमा गोल गर्दै एनआरटीलाई २-१ को अग्रता दिलाए । त्यही गोल निर्णायक बन्दा एनआरटीले ३ अंक जोड्यो ।

एनआरटी ९ खेलबाट १८ अंमसहित तेस्रो स्थानमा उक्लेको छ । चित्लाङ ९ खेलबाट ७ अंकसहित १३औं स्थानमा छ ।

तस्वीरहरू : विकास श्रेष्ठ

एनआरटी राष्ट्रिय लिग फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय