+

विश्वका सात ठूला म्याराथनपछि अन्जुले पूरा गरिन् सात दिनमा नेपालको सात म्याराथन

२०८२ फागुन  १७ गते १७:४४ २०८२ फागुन १७ गते १७:४४
विश्वका सात ठूला म्याराथनपछि अन्जुले पूरा गरिन् सात दिनमा नेपालको सात म्याराथन

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तेजमाया रेग्मी सिग्देलले सात दिनमा नेपालका सात प्रदेशमा सञ्चालन भएको ७७७ म्याराथन च्यालेन्ज सफलतापूर्वक पूरा गरेकी छन्।
  • उनले विश्वका सात ठूला म्याराथन, एभरेस्ट म्याराथन, अन्नपूर्ण म्याराथन र वेल्सको १०० किमी ट्रेल रन पनि पूरा गरिसकेकी छन्।
  • अन्जुले दौडमार्फत स्वस्थ्य रहन र महिलालाई दौडमा सहभागी हुन आह्वान गर्दै आफ्नो उपलब्धिलाई तीर्थयात्रा मानेर जीवनलाई पूण्य यात्रा ठानेकी छन्।

१७ फागुन, लन्डन । बेलायतको नेपाली समुदायमा आफ्नो दौडका सहयात्रीबीच ‘आइरन लेडी’ उपनामले चिनिने तेजमाया रेग्मी सिग्देल (अन्जु) ले म्याराथनमा अर्को उपलब्धि हासिल गरेकी छन् ।

विश्वका सात ठूला म्याराथनपछि अन्जुले सात दिनमा नेपालको सातवटा म्याराथन पूरा गरेकी हुन् । अन्जुले नेपालमा फेब्रुअरी १४ देखि २१ सम्म सञ्चालन भएको ७७७ म्याराथन च्यालेन्ज प्रतियोगिता सफलतापूर्वक पूरा गरि यस्तो दौड पूरा गर्ने प्रथम नेपाली महिला बनेकी छन्।

पोखराबाट सुरु भएको उक्त म्याराथन ७ दिन लगातार ७ प्रदेशका सुर्खेत, धनगढी, लुम्बिनी, चितवन, जनकपुर हुंदै धरानमा गएर सम्पन्न भएको थियो ।

आफ्नो सबैभन्दा ठूलो मार्गदर्शक पिता घनश्याम रेग्मीको देहावसानपछि जुठो उम्कने बित्तिकै आयोजित उक्त प्रतियोगितामा सामेल भएर उनले आफ्नो म्याराथनप्रति दृढ इच्छाशक्ति प्रदर्शन गरेकी थिइन् ।

अन्जुले यसअघि एबोट वर्ल्ड च्याम्पियनसिपले आयोजना गर्ने विश्वका ७ ठूला म्याराथन, एभरेस्ट म्याराथन, अन्नपूर्ण म्याराथन र यूकेको सबैभन्दा कठिन मानिने वेल्सको स्नोडोनिया १०० किमी ट्रेल रन समेत पूरा गरिसकेकी छन् ।

अन्जु बेलायतको व्यस्त जागिरे र गृहिणी जीवनका वावजुद यस्ता दौड प्रतियोगिताहरुमा नियमित भाग लिने गरेकी छन् । विश्वका ठूला शहरहरु लन्डन, बर्लिन, बोष्टन, न्यूयोर्क, सिकागो, टोकियो, सिड्नीमा आयोजित म्याराथन पूरा गरेकी अन्जुले अर्को दौड आगामी मेमा केपटाउनमा हुने जनाइन् ।

दौडका सिलसिलामा आफूले धेरै नेपाली साथी बनाएको र यी दौडहरुले आफूलाई जीवनको यात्रामा नयां आयाम थपेको उनी बताउंछिन् । दौडकै माध्यमले आफू स्वस्थ्य र फुर्तिलो रहन सकेको बताउने उनी अरु महिलालाई पनि दौडमा सरिक हुन आह्‍वान गर्छिन्।

आफूजस्तै अरु महिलालाई दौडमा सहभागी हुन प्रेरणा जगाउन सके आफ्नो जीवन पूर्ण भएको महसुस हुने उनको धोको छ । आफ्नो उपलब्धिलाई एउटा तीर्थयात्रा मानेर निकै पूण्य कमाउने यात्रा रोजेको उनको भनाइ छ ।

नेपाल रन यूके, लायन्स क्लब अफ नारायणगढ र एनबीसी यूकेकी सक्रिय सदस्य अन्जुले यी परोपकारी संस्थामार्फत विभिन्न परोपकारी कार्यहरुमा सहयोग समेत गर्दै आएकी छन् ।

अन्जुले म्याराथन यात्रा २०१९ को कोभिड महामारीबाट सुरु गरेकी थिइन् । आफ्नो दौड यात्रामा नेपाल रन यूकेका संस्थापक, ट्रेनर एवं समाजसेवी सन्तोष राईको ठूलो सहयोग र प्रेरणा मिलेको उनी बताउँछिन् ।

तेजमाया रेग्मी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय