News Summary
Generated by OK AI. Editorially reviewed.- दक्षिण अफ्रिकाले आईसीसी टी-२० विश्वकप २०२६ मा सुपर ८ को खेलमा जिम्बाबेलालाई ५ विकेटले पराजित गर्दै अपराजित यात्रा कायमै राखेको छ।
- जिम्बाबेले दिएको १५४ रनको लक्ष्य दक्षिण अफ्रिकाले १३ बल बाँकी छँदा ५ विकेटको क्षतिमा पूरा गरेको छ।
- दक्षिण अफ्रिका सुपर ८ समूह १ को विजेताका रूपमा सेमिफाइनल खेल्नेछ र फाइनल प्रवेशका लागि न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।
१७ फागुन, काठमाडौं । दक्षिण अफ्रिकाले आईसीसी टी-२० विश्वकप २०२६ मा अपराजित यात्रा कायमै राखेको छ । आइतबार भएको सुपर ८ को खेलमा दक्षिण अफ्रिकाले जिम्बाबेलाई ५ विकेटले पराजित गरेको हो ।
जिम्बाबेले दिएको १५४ रनको लक्ष्य दक्षिण अफ्रिकाले १३ बल बाँकी छँदा ५ विकेटको क्षतिमा पूरा गर्यो । डेवाल्ड ब्रेभिसले १८ बलमा ४२ रन बनाए भने रायन रिकेल्टनले ३१ अनि जर्ज लिन्डेले अविजित ३० रन बनाए । डेभिड मिलरले २२ रन बनाउँदा ट्रिस्टन स्टब्स २१ रनमा अविजित रहे ।
जिम्बाबेका कप्तान सिकन्दर राजाले ४ ओभरम २९ रन दिएर ३ विकेट लिए । ब्लेसिङ मुजाराबानी र ब्राड्ली इभान्सले १-१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जिम्बाबेले २० ओभरमा ७ विकेट गुमाएर १५३ रन बनाएको थियो । कप्तान सिकन्दर राजाले ४३ बलमा ८ चौका र ४ छक्का मद्दतमा ७३ रन बनाएका थिए । क्लिभ मदान्देले २० बलमा अविजित २६ रन बनाए ।
दक्षिण अफ्रिकाका क्वेना माफाका र कर्बिन बोशले २-२ विकेट लिँदा जर्ज लिन्डे, लुङ्गी एङ्गिडी र एनरिच नोर्त्जेले १-१ विकेट लिए ।
दक्षिण अफ्रिका सुपर ८ समूह १ को विजेताका रूपमा सेमिफाइनल खेल्नेछ । फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्यान्ड खेल्नेछन् ।
प्रतिक्रिया 4