+
+
Shares

दशौं इक्यान शैक्षिक मेला काठमाडौंमा सुरु (फोटोफिचर)

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ २८ गते १८:१८

ecan educational fair (7)
२८ जेठ, काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आयोजनामा शुक्रबारदेखि बृहत शैक्षिक मेला सुरु भएको छ । आजदेखि राजधानीको भृकुटीमण्डपमा सुरु दशौं इक्यान मेला २०७३ सोमबारसम्म चल्नेछ ।

मेलमा नेपाली विद्यार्थीलाई देश तथा विदेशमा रहेका अवसरहरुबारे परामर्श दिइने  संयोजक रमेश वाग्लेले बताए ।  विदेशका कलेज, त्यहाँ अध्यापन हुने कोर्ष, विभिन्न देशको भिसा नीति लगायतका बारेमा मेलामा जानकारी दिन लागिएको छ ।

मेलमा परामर्श दिने संस्थाहरुको २ सय २५ स्टल र २५ वटा पेभिलियन छन् । अभिभावक, विद्यार्थीलाई सुचित गराउने मुख्य उद्देश्य राखर मेला गरिएको आयोजकको भनाइ छ ।

ecan educational fair (1)
मेलामा अष्ट्रेलिया र अमेरिकाको नयाँ भिसा नितीको बारे पनि जानकारी दिइने संयोजक वाग्लेले बताए । मेलामा अष्ट्रेलियाका १८ र न्यूजिल्याण्डको आठ वटा शैक्षिक संस्थाले इक्यानमार्फत सहभागिता जनाएका छन् । भारत, जापान लगायतबाट पनि शैक्षिक संस्थाले मेलमा परामर्श दिनेछन् ।

चीन, बांगलादेश, फ्रान्स, बेलायत, अष्ट्रेलिया, आयरल्याण्ड, नर्वे, फिनल्याण्ड, मलेसिया, जर्मन, रुस, डेनमार्क लगायत देशका कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरु सहभागी छन्  ।

इक्यान शैक्षिक मेला वन अप ईभेन्ट्स एण्ड मिडिया सोलुसन्सले संयोजन गरेको हो । मेलामा एक लाख पचास हजार भन्दा बढी विद्यार्थी र अभिभावकले अवलोकन गर्ने अनुमान गरिएको वाग्लले बताए ।

थप तस्वीर हेर्नुस्
ecan educational fair (12)
ecan educational fair (11)
ecan educational fair (10)
ecan educational fair (9)
ecan educational fair (8)
ecan educational fair (6)
ecan educational fair (5)
ecan educational fair (4)
ecan educational fair (3)
ecan educational fair (2)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?