+
+
Shares

पार्टी एकतापछि पनि ज्वागलबाटै काम गर्दैछन् बालेन

महानगरपालिकाको कार्यालय समयमा महानगरकै काममा व्यस्त बालेन त्यसपछि ज्वागलस्थित पार्टीको कार्यालयमा आउने गरेको स्रोतले भन्यो । उम्मेदवार छान्ने, निर्वाचनको तयारी लगायतका कामहरु बालेनले ज्वागलबाटै गरिरहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १८ गते २२:१०
गत पुस १० मा आफ्ना सहयोगी कुमार बेनको ज्वागतस्थित घरमा बालेन शाह ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • महानगरका मेयर बालेन शाह ज्वागलस्थित देश विकास पार्टीको कार्यालयबाट राजनीतिक गतिविधि गरिरहेका छन्।
  • बालेन शाहले रास्वपासँगको एकता प्रक्रिया पूरा गर्न आफ्नो तर्फबाट काम गरिरहेको स्रोतले बताएको छ।
  • उनी समानुपातिक सूची विवादका कारण आएका जेनजी समूहका नेताहरूसँग भेटघाट गर्दै आगामी निर्वाचनको तयारी गरिरहेका छन्।

१६ पुस, काठमाडौं । महानगरका मेयर बालेन शाह पनि ज्वागलस्थित देश विकास पार्टीको लागि भनेर खोलिएको कार्यालयबाटै आफ्नो राजनीतिक गतिविधि गरिरहेका छन् ।

स्रोतका अनुसार शुक्रबार पनि बालेनले ज्वागलस्थित पार्टी कार्यालयबाटै भेटघाटलाई निरन्तरता दिए ।

तर, उनको यो भेटघाट आफ्नो ढंगले छुट्टै अघि बढेको भन्दा पनि रास्वपासँगको एकता प्रक्रिया पुरा गर्न आफ्नो तर्फबाट काम सक्न गतिविधि गरेको स्रोतले भन्यो ।

यता उज्यालो नेपाल पार्टीभित्र विवाद भएर निर्वाचन आयोग पुगेसँगै रास्वपासँग एकता गरेकाहरु फेरि आफ्नै ढंगले अघि बढेको चर्चा छ ।

कतै बालेन शाहले पनि आन्तरिक रुपमा छुट्टै अघि बढ्न ज्वागलबाटै गतिविधि गरेका त हैनन् ? जवाफमा स्रोतले भन्यो, ‘त्यस्तो केही होइन । उहाँले एकताको लागि आफ्नो तर्फबाट गरिनुपर्ने तयारी त्यहाँबाट गरिरहनुभएको हो । पहिल्यैदेखि कार्यालय भएर पनि त्यहाँ सहज छ ।’

बालेन निकट ती नेताकाअनुसार बालेन शाहले जेनजी लगायतका युवामा आएका छन् । यसअघि समानुपातिक सूची बालेनको तर्फबाट पठाउँदा जेनजीले सिफारिस गरेका नाम छुटाइएको आरोप लागेको थियो ।

समानुपातिक सूचीमा आफूले सिफारिस गरेका नाम छुटाइएपछि जेनजी फ्रन्ट र द काउन्सिल अफ जेनजीका केही अगुवा रुष्ट थिए । त्यसैले पनि उनीहरुको माग सम्बोधन गर्न बालेन लागिपरेको स्रोतले बतायो ।

‘जेनजीका घाइतेहरु पनि आएका छन् । उनीहरु आफूलाई रास्वपामा समेट्नुपर्ने भन्दै आइरहेका थिए,’ बालेननिकट स्रोतले भन्यो, ‘यस्तै, जो आउँछन् उहाँले भेट दिनुभएको छ ।’

महानगरपालिकाको कार्यालय समयमा महानगरकै काममा व्यस्त बालेन त्यसपछि ज्वागलस्थित पार्टीको कार्यालयमा आउने गरेको स्रोतले भन्यो ।

उम्मेदवार छान्ने, निर्वाचनको तयारी लगायतका कामहरु बालेनले ज्वागलबाटै गरिरहेका छन् ।

ललितपुरको ज्वागलमा बालेनको पार्टी कार्यालय भवन ।

तर, बालेनको सचिवालय भने रास्वपाको पार्टी कार्यालयबाटै सक्रिय छ । मेयर बालेन शाह ज्वागलमा रहेपनि सचिवालयले भने उतैबाट काम गरिरहेको स्रोतले बतायो ।

यदि रास्वपालाई बालेन भेट्नुपर्ने अवस्था आयो भने उता पक्षका नेताहरु ज्वागल नै आउने गरेको ती नेताले बताए । जस्तो, बिहीबार मात्र छलफलको लागि रास्वपा महामन्त्री कबिन्द्र बुर्लाकोटी ज्वागल पुगेका थिए ।

‘बालेनज्यूसँगै केही पर्‍यो भने रास्वपा पक्षका नेता ज्वागलमै आउनुहुन्छ । त्यसबाहेक अन्य काम उहाँको सचिवालयले रास्वपा कार्यालयबाटै हेरिरहेको हुन्छ,’ अर्का एक बालेननिकट नेताले भने, ‘मान्छे त ठ्याक्कै म चिन्दिनँ । तर, उज्यालो नेपालका केन्द्रीय सदस्यको दौडधुप पनि ज्वागलतिरै चलिरहेको देख्छु ।’

यसबाहेक कलाकार, अभियन्ता र आगामी निर्वाचनको लागि टिकटमा लबिङ गर्नेहरु पनि ज्वागलमै धाइरहेको ती नेताले अनलाइनखबरसँग बताए ।

त्यस्तै, अर्का नेताले बताए अनुसार भेट्न आउनेले बालेनसँग आगामी निर्वाचनको रणनीतिबारे बुझ्न खोज्छन् । बालेनले पनि चुनाव आयो, अब सबै लाग्नुपर्छ भन्ने गरेको दाबी ती नेताले गरे ।

‘मेयरले बढी बोल्ने भन्दा सुन्ने धेरै देख्छु । चुनावी चहलपहल ज्वागलमा व्यापक छ अहिले,’ ती नेताले बताए ।

यसबाहेक ज्वागलमा विभिन्न टिमले काम गरिरहेका छन् । कोही नयाँ मान्छे खोज्ने र उम्मेदवारको सूचि बनाउनेमा पनि उत्तिकै सक्रिय छन् ।

पछिल्लो समय विवादित बनेको समानुपातिक सूचिमा गुनासो गर्नेहरु पनि उत्तिकै आइरहेका छन् । ‘त्यसैले यसकै वरपर रहेर मेयरसाब छलफलमा व्यस्त हुनुहुन्छ । सबैका कुरा सुन्ने र आश्वस्त बनाएर पठाउनु नै उहाँको दैनिकीजस्तो बनेको छ,’ ती नेताले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?